अग्लिएछु भन्दाभन्दै होचिएछु मत ।।
टेकिएछु भन्दाभन्दै लडिएछु मत ।।
प्रतिस्पर्धा गरेर शिखर छुन खोज्दा
चढिएछु भन्दाभन्दै चिप्लिएछु मत ।।
हात थाप्थें,पोल्टो भर्थें,जोह गर्थें सधैं
भरिएछु भन्दाभन्दै पोखिएछु मत ।।
सबैसामु जमघट हुंदाको क्षणमा
रौसिएछु भन्दाभन्दै मात्तिएछु मत ।।
च्याँखे थाप्न दाउ खोज्दै धेरैतिर हिंडे
घुमिएछु भन्दाभन्दै पल्किएछु मत ।।
वि.सं.२०७६ मंसिर २१ शनिवार १०:०५ मा प्रकाशित



























