back

बनभोजका लागि कन्याम हिँडेको बस दुर्घटना हुँदा १३ घाईते

वि.सं.२०७६ मंसिर २१ शनिवार

681 

shares

२१ मंसिर, झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार दुर्घटनामा परी बसका सहचालक मोरङ पथरी–१ निवासी ३० वर्षीय विकास लिम्बूसहित दमक–१० निवासी २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का र उर्लावारी–३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन् ।

त्यस्तै दुर्घटनामा परी दमक–१० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी–७ निवासी २२ वर्षीया माया घिमाल, दमक–१० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन् ।  रासस

वि.सं.२०७६ मंसिर २१ शनिवार १२:५० मा प्रकाशित

Himalayan Life AD
सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी...

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर । समाज निर्माणमा जीवनभर पु¥याएको योगदानको कदर गर्दै टेम्केमैयुङ...

पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात

पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात

बनियानी । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा...