back
CTIZAN AD

३९ कर्मचारीको आवश्यकता, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ मंसिर २२ आइतवार

798 

shares

२२ मङ्सिर, काठमाडौँ । क्यानभास ईन्जिनियरिङ्ग कन्सल्टेन्सी प्राइभेट लिमिटेडले दक्ष, सक्षम तथा सोहि विषयसँग कार्यानुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

उक्त कम्पनीले रोड डिजाईन् ईन्जिनियरमा २ जना सिभिल इन्जिनियरमा ब्याचलर/ मास्टर डिग्री पास भएको हुनुपर्ने र सिभिल ईन्जिनियरमा सोहि विषयमा ब्याचलर गरेको ३ जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

सो कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आफ्नो सम्पूर्ण योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिन भित्र उक्त कम्पनीको ठेगानामा बुझाउनु पर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ९८५७८२२९९१ वा ईमेलः consultancy.canvas@gmail.com  मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

यसैबिच कुमारीपाटी, ललितपुर स्थित श्री दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमीटेड सहकारीलाई शाखा कार्यालय कालीमाटीको लागि लेखापालमा १, सुपरभाइजरमा ४, बजार प्रतिनिधिमा १, क्यासियरमा २, रिसेप्सनिष्टमा ३, बजार प्रतिनिधिमा २०, कर्जा अधिकृतमा १ र कार्यालय सहयोगीमा २ जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले योग्यताको प्रमाणपत्र, बायोडाटा, नागरिकताको प्रतिलिपि र एक प्रति पि.पि साइजको फोटो सहित सूचना प्रकाशित मितिले १० दिन भित्र कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।

थप जानकारीका लागि फोनः नं. ०१–५५३१४३० वा ईमेलः shree.durga0379@gmail.com मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

वि.सं.२०७६ मंसिर २२ आइतवार १०:२३ मा प्रकाशित

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...