back
CTIZAN AD

उज्जवल ठकुरीलाई अमेरिकी सिनेटरको सम्मान पत्र

वि.सं.२०७६ मंसिर २२ आइतवार

1K 

shares

बिश्व किर्तिमानी नेपाली कराते खेलाडी उज्ज्वल ठकुरीलाई अमेरिकाको भर्जिनिया राज्यको सिनेटर टिम केनबाट पठाइएको सम्मान पत्र प्राप्त भएको छ ।

मेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका विश्व किर्तिमानी ठकुरीले सम्मानित हुन पाउँदा धेरै खुशी भएको बताएका छन् । ‘आजसम्म खेलाडी भएर दुःख गरेको मुल्य पाएको छु’, उनी भन्छन् ‘नेपाल जस्तो सानो देशको खेलाडीले अमेरिकाको सिनेटरबाट सम्मानित हुनु सिँगो नेपालले सम्मान पाउनु बराबर हो ।’

सो सम्मान पत्रमा उज्ज्वल ठकुरी द्वारा ५ पटक बिस्व किर्तिमानी बन्न सफल भएको कारण प्रदान गरिएको उल्लेख छ ।

सायद ठकुरी पहिलो खेलाडी हुन् जस्को मुल्य अमेरिकि समुदायको सिनेटरले सुने र सम्मान पत्र पठाए ।

गैरआवासीय नेपाली संघ अमेरिकाद्वारा आयोजित मेरिल्याण्ड अमेरिका क्षेत्रबाट एनआरएनए आइसीसीमा निर्वाचित हुने पदाधिकारीहरुको बधाई तथा सम्मान समारोहमा गैरआवासीय नेपाली संघका केन्द्रीय सचिव गौरी जोशीले सम्मान पत्रमा लेखिएको कुरा पढेर सुनाएका थिए ।
सम्मान पाउनुमा उनले आफ्नी श्रीमती प्रियंका नेपालको समेत धेरै ठूलो भूमिका रहेको बताएका छन् । ‘सिनेटरसम्म पत्राचार गर्ने मेरो अर्धांगिनी श्रीमती प्रियंका नेपाल ठकुरीजीलाइ पनि धेरै धेरै धन्यबाद दिन चाहन्छु’ उनले भने ।

उनले आफ्नो प्रत्येक जितमा सहभागीभै हौसला बढाउने कृष्णबहादुर बलाल, गुरु प्रभु थापा, बानाको अधक्ष्य सुबोध पन्त र सम्पूर्ण बाना परिवार, दमन बिक्रम शाह, रिचा शाह, रबिन्द्र प्रताप सिंह, योगेन्द्र सिंह लगायत आफ्ना शुभचिन्तकहरुलाई धन्यबाद व्यक्त गरेका छन् ।

वि.सं.२०७६ मंसिर २२ आइतवार १०:१२ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...