२२ मसिंर, काठमाडौँ । देशभरि छरिएर रहेकाका काफ्लेबन्धुहरुले नयाँ नेतृत्व चयन गरेका छन् ।
काफ्ले समाज नेपालको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशनले गुणराज काफ्लेको नेतृत्वमा नयाँ कार्यसमित चयन गरेको हो ।
नयाँ कार्यसमितको बरिष्ठ उपाध्यक्षमा खेमनारायण काफ्ले, उपाध्यक्षहरूमा कमल प्रसाद काफ्ले, लक्ष्मी काफ्ले, रामचन्द्र काफ्ले, नवदत्त काफ्ले, दीपेन्द्र काफ्ले, बाबुराम काफ्ले, शोभा काफ्ले, देवकृष्ण काफ्ले तथा महासचिवमा नवराज काफ्ले, सचिवमा रामकृष्ण काफ्ले, कोषाध्यक्षमा मोहन काफ्ले र सह–कोषाध्यक्षमा दामोदर काफ्ले सर्वसम्मतले चुनिएको जनाइएको छ ।
यसैगरी सो समितिको सदस्यहरूमा लक्ष्मण ‘वियोगी’काफ्ले (स्याङ्जा) , चन्द्रमणि काफ्ले (सुनसरी), लक्षुमन काफ्ले (तेह्रथुम), दुर्गा काफ्ले (उदयपुर), रेणु काफ्ले (सर्लाही), राजकुमार काफ्ले (काभ्रे), अर्जुन काफ्ले (भक्तपुर), खगेन्द्र काफ्ले (कपिलवस्तु), अम्बिका काफ्ले (ओखलढुंगा), खिलानाथ काफ्ले (सोलुखुम्बु) र हरिप्रसाद काफ्ले (धनुषा )रहेका छन् । समितिकै प्रवक्तामा लक्ष्मण ‘वियोगी’काफ्ले तोकिएको जनाइएको छ ।
सो कार्यक्रममा समाजका संरक्षक नीलकण्ठ काफ्ले लगायका वक्ताले शुभकामना मन्तब्य राखेका थिए । समाजले काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकास्थित भंगालमा समाजको नयाँ भवन निर्माण समेत गरेको छ ।

वि.सं.२०७६ मंसिर २२ आइतवार १३:३४ मा प्रकाशित




























