back
CTIZAN AD

तेह्रौँ सागः महिला ह्याण्डबलमा बङ्गलादेशलाई कास्य

वि.सं.२०७६ मंसिर २२ आइतवार

1K 

shares

२२ मङ्सिर, कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बङ्गलादेशले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज बिहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तानमाथि ३१–१५ गोलको नतिजा निकाल्दै बङ्गलादेशले कास्य पदक जितेको हो ।

भारतको गुहावटीमा भएको १२ औंँ सागको उपविजेता बङ्गलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । बाह्रौँ सागमा पाकिस्तान कास्य पदक विजेता हो । पहिलो हाफमा १७–५ ले अगाडि रहेको बङ्गलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो ।

बङ्गलादेशका लागि मोसम्मत रुबिना वेगमले सर्वाधिक नौ गोलको योगदान दिए । त्यसपछि अल्पोना अख्तरले टोलीका लागि ६ गोल थप्नुभयो । खाडिजा खातुन र सुमी वेगमले पाँच पाँच गोलको योगदान गरे । शिल्पी अख्तरले चार गोल जोडे । खालेदा सुल्तानाले दुई गोल थपे ।
पाकिस्तानका लागि नुसरत बानोले सर्वाधिक पाँच गोल गरे । खालिदा रमजानले टोलीका लागि चार गोलको योगदान गर्नुभयो । आस्मा आल्ताफ र साइका रियाजले दुई दुई गोल जोडे । साडिया बासिर र नाजिस मक्सुदले एक एक गोलको योगदान गरे । बङ्गलादेशकी मोसम्मत वेगमले पहेंलो कार्ड पाएका थिए ।

वि.सं.२०७६ मंसिर २२ आइतवार १६:०३ मा प्रकाशित

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक...

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी । पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५०...

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको...