back

काभ्रेका दुई गाउँपालिका सचिवविहीन

वि.सं.२०७६ मंसिर २३ सोमवार

387 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

२३ मङ्सिर, काभ्रे । काभ्रेपलाञ्चोकको दुई गाउँपालिका वडा सचिवविहीन अवस्थामा रहेका छन् । तेमाल र महाभारत गाउँपालिकाको १७ वटै वडामा महिनौँदेखि सचिव नहुँदा कार्यसम्पादनमा निकै असहज भएको बताइएको छ । तेमाल गाउँपालिकामा नौ र महाभारत गाउँपालिकामा आठ वडा रहेका छन् ।

साविकका वडा सचिवहरु कर्मचारी समायोजनसँगै बढुवासहित अन्यत्र गएपछि दुई गाउँपालिका वडासचिवविहीन भएका हुन् । महाभारत गाउँपालिकाको कुनै पनि वडामा सचिव नभएको अध्यक्ष कान्छालाल जिम्वाले बताए । उनले भने, “गाउँ–बस्तीमै पुगेका सेवा सुविधा दिलाउने कर्मचारी नहुँदा महिनौँदेखि निकै समस्या झेल्दै आएका छौँ ।”

वडा सचिव नहुँदा जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नागरिकता सिफारिस, सामाजिक सुरक्षाभत्ता वितरणको काम प्रभावित भएको तेमाल गाउँपालिका–७ का वडाध्यक्ष ज्ञानबहादुर तामाङले बताए । “सचिव नहुँदा पञ्जीकरणको काममा निकै समस्या भइरहेको छ”,उनले भने ।

गाउँपालिकाको प्रवक्तासमेत रहेका तामाङका अनुसार गाउँपालिकाले सबै वडामा सचिवको पदपूर्तिका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई गत कात्तिक पहिलो साता पत्र पठाइएको, तर हालसम्म पदपूर्ति भएनन् । हाल १० वडा रहेको भुम्लु गाउँपालिकामा ४, १२ वडा रहेको रोशी गाउँपालिकामा ४ तथा बेथानचोक गाउँपालिकाको ६ मध्ये ३ वडामा मात्रै सचिव छन् ।

यस्तै, कोशीपारि क्षेत्रको चौँरीदेउराली गाउँपालिकाको ९ वडामध्ये दुई सचिव मात्रै रहेको र ७ वडा रहेको डाँडापारीस्थित खानीखोला गाउँपालिकाको एउटा वडामा सचिव छैनन् । खानीखोला गाउँपालिकामा भएका सचिव पनि नियमित वडामा नबस्दा जनप्रतिनिधिले निकै अपजस खेप्नुपरेको प्रवक्ता मानबहादुर गोलेले बताए । काभ्रेपलाञ्चोकमा रहेका सात गाउँपालिकामा ६१ वडा छन् ।

वि.सं.२०७६ मंसिर २३ सोमवार १०:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
टिमुरेमै रोकिए चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर

टिमुरेमै रोकिए चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर

रसुवा । गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ-बोगटीटार खण्डको...

आज सौर्य विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

आज सौर्य विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं । बुधबार (साउन ९ गते) काठमाडौँमा सौर्य एयरलाइन्सको विमान...

पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

रसुवागढी नाकाबाट विदेशी मुद्रासहित एकजना पक्राउ

रसुवागढी नाकाबाट विदेशी मुद्रासहित एकजना पक्राउ

रसुवा । गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ...

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा एक मजदुरको मृत्यु, एकजना घाइते

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा एक मजदुरको मृत्यु, एकजना घाइते

हेटौँडा । मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने...

प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको...