back
CTIZAN AD

तान्जेनियामा पाँच हजार ५०० कैदी जेलमुक्त

वि.सं.२०७६ मंसिर २४ मंगलवार

675 

shares

२४ मङ्सिर ।  तान्सेनियाका राष्ट्रपति जोन मागुफुलीले सोमबार पाँच हजार ५०० कैदीलाई जेलमुक्त गर्न आदेश दिएका छन् ।

अत्यधिक भिडभाडयुक्त जेलमा रहेका कैदीहरूलाई उनले देशको स्वतन्त्रता दिवसको अवसरमा मुक्त गर्ने आदेश दिएका हुन् । अत्यन्त लोकप्रिय राष्ट्रपति मागुफुलीले कैदीप्रति सहानुभूति देखाउन र कारागारमा भएको भिडभाड हटाउन यति धेरै कैदीलाई जेलमुक्तको घोषणा गरेको बताइएको छ ।

तान्जेनियाको राष्ट्रिय स्वतन्त्रता दिवसलाई विषेश बनाउनका लागि उनले सयौँ कैदीहरुलाई आम माफी दिएका हुन् । “जेलभित्रै रहेका बेला व्यवहारमा केही सुधार देखिएका कैदीलाई अहिले जेलमुक्त गरिएको हो, मलाई विश्वास छ की जेलमुक्त भएकाहरु आगामी दिनमा अझ बढी सुध्रिनेछन्,” उनले भने ।

यो आम माफीले कारागारहरुलाई व्यवस्थित बनाउन सजिलो गराउने विश्वास पनि उनले व्यक्त गरेका छन् । राष्ट्रपति मागुफुली सन् २०१५ मा शक्तिमा आएका हुन् । उनी भ्रष्टाचार विरोधी लडाकू मानिन्छ ।

तान्जेनियामा अहिले झण्डै ३६ हजार कैदीहरू विभिन्न कारागारमा रहेको सरकारी तथ्याङ्क छ । अधिकांशमा आधारभूत सेवा सुविधा पनि नरहेको बताउने गरिएको छ ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार १०:४१ मा प्रकाशित

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...