२४ मंसिर, काठमाण्डौं । दक्षिण एशियाली खेलकुद (साग) को आज अन्तिम दिन विभिन्न कार्यक्रमहरु रहेको छ ।
आज मंगलबार नेपाल र भुटानबीच पुरुष फुटवल फाइनल हुँदैछ । दशरथ रंगशाला त्रिपुरेश्वरमा हुने उक्त खेल ३ बजे हुने छ ।
त्यस्तै ११ :५५ मा ११ जना सांसद र राष्ट्रसेवक कर्मचारीबीच मैत्रपूर्ण फुटवल हुँदैछ । उक्त खेल दशरथ रंगशाला त्रिपुरेश्वरमा हुँदैछ ।
भुटान र मालदिभ्सबीच बिहान ८ बजे महिला बास्केटवल सम्पन्न भइसकेको छ भने बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल बिहान १० :३० बजे, राष्ट्रिय खेलकुद परिषद्को कर्बडहल त्रिपुरेश्वरमा हुँदैछ ।
त्यस्तै पुरुष बास्केटवलमा भारत र श्रीलंकाबीचको फाइनल दिउँसो १ बजे हुँदै छ भने नेपाल र भारतबीचको फाइनल खेल दिउँसो ३ :३० बजे हुँदैछ । उक्त खेल राष्ट्रिय खेलकुद परिषद्को कर्बडहल त्रिपुरेश्वरमा हुँदैछ ।
बक्सिङमा ८ स्वर्णका लागि प्रतिश्प्रर्धा हुँदैछ । दिउँसो १ बजेदेखि सुरु हुने उक्त खेल अन्तराट्रिय खेलकुद परिषद् कराते हल सातदोबाटोमा हुँदैछ ।
त्यस्तै जुडोमा १ स्वर्णका लागि बिहान ९ बजेदेखि प्रतिश्प्रर्धा सुरु भएको छ भने फाइनल १२ः३५ मा हुने बताइएको छ । उक्त खेल आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र ललितपुरमा हुँदैछ ।
आजको समापन कार्यक्रममा सहभागी हुनका लागि रंगशाला प्रवेश गर्ने पत्रकारहरुलाई एक्रिडिटेसन कार्डसँगै आफ्नो कार्यालयको परिचयपत्र अनिवार्य रुपमा ल्याउन पनि अनुरोध गरिएको छ ।
वि.सं.२०७६ मंसिर २४ मंगलवार १०:४५ मा प्रकाशित






























