back

पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न हिमालय ट्राभल मार्ट हुने

वि.सं.२०७३ मंसिर २० सोमवार

918 

shares

२० मंसिर, बनेपा । नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न आयोजना हुन लागेको हिमालय ट्राभल मार्ट–२०१७ को प्रतीक चिह्न (लोगो) को आइतबार धुलिखेलमा अनावरण भएको छ ।

आगामी जुन १ देखि ४ सम्म काठमाडौँमा हुने हिमालय ट्राभल मार्ट–२०१७ बारे जानकारी दिन आयोजना भएको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले लोगोको अनावरण गर्दै आर्थिक वृद्धिका लागि १४औँ पञ्चवर्षीय योजनामा पर्यटन उद्योगलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै पर्यटन उद्योग प्रवद्र्धनका लागि सरकारले राष्ट्रिय पर्यटन रणनीतिक योजना बनाएको बताउनुभयो ।

उहाँले विश्वमा भ्रमणमा निक्लने पर्यटकमध्ये ०.४ प्रतिशत पर्यटक मात्रै नेपाल आएको उल्लेख गर्दै पर्यटकलाई आकर्षण गर्ने नीति अख्तियार गर्नुपर्छ भन्नुभयो । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का प्रेसिडेन्ट एण्ड्रयु जोनेशले नेपालमा अथाह पर्यटकीय सम्पदा भएकाले पर्यटन विकासको ठूलो सम्भावना भएको औँल्याउँदै नयाँ गन्तव्यको पहिचान गरी दिगो पर्यटन विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन अफ नेपाल (पाटा) शाखाका अध्यक्ष सुमन पाण्डेले नेपाललाई हिमालयको देश भनेर उजागर गर्न हिमालय मार्ट आयोजना हुन लागेको जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले नेपालको पर्यटकीय सम्भावना अद्वितीय भएको उल्लेख गर्दै यसको प्रचारप्रसार आवश्यक भएको बताउनुभयो ।

पर्यटन उद्योगलाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्न आयोजना हुन लागेको मार्टमा नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यान्मार तथा पाकिस्तानका पर्यटन व्यवसायीले, युरोप, उत्तर अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, रसिया तथा सिआइएस राष्ट्र (पूर्व सोभियत) र एसिया तथा खाडी मुलुकका व्यवसायीलाई आफ्ना प्याकेज बिक्री गर्न सक्नेछन् र व्यवसायिक प्रवद्र्धनका अवसरको खोजी गर्नेछन् ।

हिमालय ट्राभल मार्ट–२०१७ सुरु हुनुअगावै पाटा नेपाल शाखाले अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स तथा सञ्चारकर्मीलाई नेपालको सुन्दरता र पर्यटकीय गन्तव्यबारे जानकारी दिने उद्देश्यले आगामी २०१७ को २२ मे देखि जुन १ सम्म काठमाडौँमा इन्टरनेसनल ब्लगर्स एन्ड मिडिया कन्फ्रेन्सको समेत आयोजना गर्ने भएको छ ।

वि.सं.२०७३ मंसिर २० सोमवार ०३:३० मा प्रकाशित

Himalayan Life AD
सुनचाँदीको मूल्य बढेकोबढ्यै

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा...

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी...

निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग...

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुरले दिए राजीनामा

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुरले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट...

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौँ । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए...

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौँ । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ...