२६ मंसिर, काठमाण्डौं । संविधानको धारा ९१ (२) ले भन्छ- सभामुख र उपसभामुख भिन्दा भिन्दै दल र लिङ्गको हुनु पर्दछ । सोही आधारमा तत्कालीन नेकपा माओवादी केन्द्रकातर्फ बाट सभामुख र तत्कालीन नेकपा एमालेका तर्फबाट उपसभामुख चयन गरिएको थियो । यी दुई पार्टी एकतापछि विपक्षी दलले फरक दलको वहस समय समयमा गरे पनि खासै प्रभावकारी भने हुन सकेको थिएन ।
तर तत्कालीन सभामुख कृष्ण बहादुर महरा यौनकाण्डमा परे पछि सभामुख पद खाली भएसँगै फेरि सभामुखमा नयाँवहसको सुरुवात भएको छ । पुष ४ गते बोलाइएको संसद अधिवेसन नजिकिए सँगै सभामुखका प्रत्यासीहरूको सक्तीकेन्द्रसगँको भेटघाट वाक्लीदैँ गएको छ ।
उपसभामुख डा. सीवमाया तुम्वाहाम्फे देखी पूर्व सभामुख सुवास नेम्वाङ्गपनि यो दौडमा छन् । समामुख सत्तारुढ दलले नै राख्ने निश्चित भएकोले उक्त पदका लागि सत्तारुढ दलका नेताहरू सक्तिकेन्द्र धाउन थालेका हुन् । दौडमा पम्फा भुसाल र देव गुरुङ्गको नाम सर्वाधीक चर्चामा छ ।
अत्तो थाप्दै सीवमाया
वर्तमान उपसभामुख डा. तुम्वाहाम्फेले पार्टीबाट सभामुखको उम्मेदवार वनाइनेमा झिनो आसामात्रै गरेकी छन् । सभामुख चयनको मूल साँचो आफ्नै हातमा लिएकी तुम्वाहाम्फे निश्चित भने छैनन् ।
डा. तुम्वाहाम्फेले राजीनामा नदिएसम्म नेकपाले सभामुख पदमा उमेदवारी समेत दिन पाउँदैन । सँगै उनले समेत उपसभामुख राजीनामा नगरी सभामुखको उमेदवार हुन पाउदीनन् । यहि अत्तोका बिच उपसभामुख तुम्वाहाम्फेले सम्मानजनक स्थानको अपेक्षा पार्टी भित्र राख्नु स्वभावीक पनि मान्न सकिन्छ ।
उपसभामुख समाजवादीलाई
मन्त्रीमन्डलको वृहद पुर्नगठन पछि पनि समाजवादी पार्टीले सरकार नछोड्नुका पछाडी उपसभामुख पदमा भएको सम्झौतालाई मानिएको छ । सभामुखपदमा महिला वा जनजाती समुहबाट हुने सम्भावना बढेसँगै समाजवादी पार्टी पनि उपसभामुखको खोजीमा लागेको श्रोतहरुले बताएका छन् । प्रतिनिधी सभामा १७ सिट र प्रदेश १ मा ३, प्रदेश–२ मा २९, प्रदेश–३ मा १, प्रदेश ५ मा ५र गण्डकी प्रदेशमा २ सीट संख्या रहेको समाजवादीका अध्यक्ष उपेन्द्र यादव र इस्तियाक राई सरकारमा छन् ।
सभामुखमा संभावना
तत्कालीन सभामुख महराको बर्हिगमन सँगै पूर्वसभामुख नेम्वाङ्ग वा उपसभामुख डा. तुम्वाहाम्फेलाई आगामी सभामुखको रुपमा हेरिएको थियो । पछिल्लोपटक यी दुई अनुहार बाहेक पम्फा भुसाल अर्को ससक्त दावेदारको रुपमा उदाएकी छन् । भुसाललाई टक्कर दिने गरी हरीवोल गजुरेल, अग्नी सापकोटा तथा सत्तापक्षका प्रमुख सचेतक देव गुरुङ्गले पनि सभामुख वन्ने चाहाना बनाएका छन् ।
पार्टी उच्च श्रोतले पनि अन्य अवस्था नआए यीनै चेहेराबाटै सभामुख चयन गरिने जनाएको छ । विषयलाई अझ विशिष्ट रुपमा बुझ्ने हो भने महिला र जनजातीबाटै. वाटै नेकपाले सभामुखको उमेदवार बनाउन सक्छ– बालुवाटार श्रोतले बताएको छ ।
यसो भएमा नेम्वाङ्ग, भुसाल, डा. तुम्वाहाम्फे र गुरुङ्गमध्येबाट सभामुख बन्ने निश्चित देखीन्छ ।
वि.सं.२०७६ मंसिर २६ बिहीवार ११:४९ मा प्रकाशित






























