back
CTIZAN AD

‘पिँजडामा पालिएका कुखुराबाट उत्पादित अण्डा अस्वस्थकर’

वि.सं.२०७६ मंसिर २६ बिहीवार

1.1K 

shares

२६ मसिंर, काठमाडौँ । पिँजडामा पालन गरिएको कुखुराबाट उत्पादन भएको अण्डा र मासु खानका लागि स्वस्थकर नहुने एक कार्यक्रममा सहभागी वक्ताले बताएका छन् । उनीहरुले देशका अधिकांश ठाउँमा पिँजडाभित्र कखुुरापालन गरिँदै आएकाले पिँजडामुक्त खोरका बारेमा चेतना जगाउनुपर्ने औँल्याए ।

पिँजडामुक्त खोरको प्रयोग र विस्तारका लागि अभियान चलाएको एनिमल नेपालद्वारा आयोजित कार्यक्रममा उपभोक्ता मञ्चका अध्यक्ष सहदेव गौतमले जीवनयापनका लागि पशुपक्षीलाई पनि उपयुक्त वातावरण चाहिने भएकाले पशु अधिकारका विषयमा मानिस सचेत हुनुपर्ने बताए । “मानिसले पशुपक्षीको अधिकार हरन गर्ने काम गरेका छन्”, उनले भने, “पशुपक्षीको अधिकारको विषयमा सरकार गम्भीर बन्नुपर्ने देखिन्छ ।”

एनिमल नेपालका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले प्राकृतिक वातावणमा रमाएर हुर्किएको पशुपक्षीको मासु, दूध र अण्डाबाट मात्र आवश्यक पौष्टिक तत्व पाइने बताए । “औषधि र सुईको प्रयोगले उत्पादन वृद्धि गर्ने गरिएको छ”, उनले भने, “प्राकृतिक र अर्गानिक वस्तुको सेवनमा जोड दिई मानव स्वास्थ्यको क्षेत्रमा संवेदनशील बन्न अति आवश्यक छ ।”

जोशीले १२० दिनको अवधिमा तयार हुने ब्वायलर कुखुरालाई औषधि सेवन गराई ३५ दिनमै तयार गर्न लागिएको बताए । पशुकल्याणको विश्वव्यापी मान्यतालाई स्थापित गर्नका लागि अभियान सञ्चालन गरिएको उनले बताए । संस्थाका कार्यक्रम संयोजक निर्मल शर्माले पहिलो चरणमा काठमाडौँ र चितवनमा अभियान सञ्चालन गरिएको बताए । “मुलुक कुखुरा र अण्डामा आत्मनिर्भर भएको छ”, उनले भने, “आत्मनिर्भर भएरमात्र पुग्दैन, स्वस्थकर वस्तुको उत्पादनमा विशेष जोड दिनुपर्छ ।”

रेष्टुरेन्ट व्यवसायी हरिप्रसाद भेटवालले मानिसको स्वास्थ्यसँग सरोकार राख्ने विषयहरुमा सबैको सहकार्य आवश्यक रहने बताए । उनले राज्यका नीतिनिर्माण तहमा बस्ने व्यक्तिहरु पनि उपभोक्ता नै भएकाले उपभोक्ता अधिकार हननका विषयमा चनाखो हुनुपर्ने बताए ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १२:३६ मा प्रकाशित

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...