back
CTIZAN AD

सहमति नभएपछि मजदूरको शव उठाइएन

वि.सं.२०७६ मंसिर २६ बिहीवार

558 

shares

२६ मङ्सिर, सिराहा । मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहँुदा विगत तीन दिनदेखि गोलबजार नगरपालिका– ९ निवासी अनिता पासवानको शव लहानस्थित अस्पतालमा राखिएको छ ।

उद्योग व्यवस्थापनको लापरवाहीका कारण उद्योगमा मजदूरी गर्दै आएकी पासवानले आत्महत्या गरेको भन्दै मजदूरले आज तेस्रो दिन पनि बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योग बन्द गराएका छन् । सिमेन्ट उद्योग व्यवस्थापन पक्षले कामबाट हटाएपछि पासवानले गत मङ्गलबार बिहान उद्योग नजिकैको फुलबारीमा आत्महत्या गरेको थियो ।

अखिल नेपाल औद्योगिक मजदूर सङ्गठनका सदस्यसमेत रहेकी पासवानले आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूरले काम बहिष्कार गरी आन्दोलन गर्दै आएका छन् ।

मजदूरहरुको माग सम्बोधन गरी समस्या समाधान गर्न बुधबार साँझ भएको उद्योग व्यवस्थापन र मजदूर प्रतिनिधिबीचको वार्तामा कुनै सहमति नभएपछि आज पुनः वार्ता हुने जनाइएको छ । बुधबारको वार्तामा उद्योग व्यवस्थापन पक्षले तत्काल घटनाको सत्यतथ्य छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने र छानबिन समितिको प्रतिवेदनका आधारमा पुनः वार्ता बसेर समस्या समाधान गर्नुपर्ने अडान लिएपछि कुनै सहमति नभएको अखिल नेपाल मजदूर सङ्गठनका प्रदेश नं २ का सचिव केदार देवले जानकारी दिए ।

वार्तामा उद्योग व्यवस्थापन पक्षले तत्काल सबै विषयवस्तु एकमुष्ट रुपमै सहमति गर्नुपर्ने मजदूर पक्षको अडान रहेको सचिव देवले बताए । मारुती सिमेन्ट उद्योगमा कार्यरत पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेको भन्दै कामबाट निकाल्नेलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग मजदूर पक्षको छ । माग सम्बोधन नभएसम्म मृतकको शव नउठाउने र आन्दोलन थप चर्काउने मृतक परिवार तथा मजदूरले बताएका छन् ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १३:०५ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...