back
CTIZAN AD

खैरो हिरोइनसहित दुई पक्राउ

वि.सं.२०७६ मंसिर २६ बिहीवार

879 

shares

२६ मङ्सिर, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्रबाट बुधबार खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ ग¥यो । तीन दिनअघि धनगढी उपमहानगरपालिका क्षेत्रबाट पनि खैरो हिरोइनसहित तीन जना पक्राउ परेका थिए । यही मङ्सिर १२ गते धनगढीको एक होटेलवाट ब्राउन सुगरसहित दुई युवती र एक युवकलाई पक्राउ गरिएकामा यसै महिना अर्को एक घटनामा एक भारतीय युवक र नेपाली युवक पनि खैरो हिरोइनसहित पक्राउ परेका थिए ।

लागुऔषधको ओसारपसार र सेवनमा संलग्न हुने पछिल्लो समयमा लागुऔषधसहित धमाधम पक्राउ पर्न थालेका घटनाले कैलालीमा यो समस्या ठूलो समाजिक चुनौती बन्न थालेको देखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेत बढ्दै गएको लागुऔषधको समस्या समाजका लागि मुख्य चुनौतीका रुपमा देखिन थालेको बताउँछन् । प्रहरीको एक्लो प्रयासले मात्र यो समस्या निराकरण हुन नसक्ने भएकाले सम्बन्धित अभिभावक पनि आफ्ना छोराछोरीले दैनिक गर्ने आनीबानी र व्यवहारका बारेमा सचेत हुन निकै जरुरी भइसकेको उनको भनाइ छ ।

“कानून बमोजिम प्रहरीले गर्ने कारवाहीले मात्रै यो समस्याको समाधान पूर्ण रुपमा निराकरण हुन सक्दैन”, बस्नेतले भने , “समयमै अभिभावक सचेत हुनु जरुरी देखिएको छ ।” जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार लागुऔषधको कारोवार, ओसारपसार र सेवनका घटनामा अधिकांश युवा फेला पर्ने गरेका छन् । गत आवमा ८७ लागुऔषधसम्बन्धी मुद्दामा १२७ पक्राउ परेकामा चालू आवको चार महिनामा मात्रै ४८ मुद्दामा ७१ पक्राउ परिसकेका प्रहरीको तथ्याङ्क छ ।

लुकीछिपी सेवन र ओसारपसार गर्नेको सङ्ख्या योभन्दा बढी हुन सक्ने बताइएको छ । भविष्यका कर्णधार मानिने युवा यसरी लागुऔषध दुव्र्यसनीको सिकार हुने क्रम बढ्दै जाँदा समाजमा यो समस्याले गम्भीर रुप लिन थालेको प्रहरी अधिकृतको भनाइ छ । लागुऔषधका अम्मली शुरुमा चुरोट खान सिक्ने र त्यसपछि विस्तारै लागुऔषधको कुलतमा फस्ने गरेका पाइएको छ ।

समाजमा हुने चोरी र लुटपाटका घटनामा कुलतमा फस्नेको हात रहने गरेको देखिएको छ । “यस्ता अधिकांश घटनामा कुलतमा लागेका युवाको संलग्नता बढी देखिने गरेको छ”, प्रवक्ता बस्नेतले भने, “जसका कारण उनीहरुबाट नै समाजमा अशान्ति र चोरी गर्ने जस्ता घटना हुन थालेका छन् ।” यसको कुलतमा लागेकाले भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै सजिलैसँग सीमा पारिबाट लागुऔषध भित्र्याई सेवन र कारोवार गर्ने गरेका पाइएको छ । यसको रोकथाममा सीमा नाकाका भारतीय प्रहरीले पनि सहयोग पु¥याउँदा कारोवार गर्ने धमाधम पक्राउ पर्ने क्रम बढेको बताइएको छ ।

पछिल्लो समयमा जिल्लामा बढीजसो ब्राउन सुगर र ट्याब्लेटको सेवन तथा कारोवार गर्ने बढी फेला पर्ने गरेको बताइएको छ । लागुऔषधको ओसारपसार प्रयोग र सेवन रोकथामका लागि नियमित जाँचका साथै विभिन्न विद्यालयमा चेतनामूलक कर्यक्रम सञ्चालन भइरहेका भए पनि अपेक्षाकृत रुपमा यो समस्या घट्न सकेको छैन ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १३:१६ मा प्रकाशित

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...