back
CTIZAN AD

आवास गृहले दियो २५० हिंसापीडित महिलालाई सेवा

वि.सं.२०७६ मंसिर २६ बिहीवार

930 

shares

२६ मसिंर बैतडी । हिंसामा परेका महिलालाई सहयोग पु¥याउन स्थापना गरिएको महिला सुरक्षित आवास गृह बैतडीबाट दुई वर्षमा २५० पीडितले सेवा लिएका छन् ।

महिला सुरक्षित आवास गृहमा सेवा लिन आएका महिलामध्ये अधिकांश बहुविवाह र बालविवाहबाट पीडित रहेको शहस्त्रलिङ्ग सामुदायिक संस्थाका अध्यक्ष डम्बरी भट्टले बताए । गृह सञ्चालनमा आएपछि हिंसामा परेका महिलालाई राहत पुगेको र कतिपयले आफ्नो जीवनलाई नयाँ ढङ्गले चलाउन सफल भएको भट्टले बताए ।

सानो उमेरमा विवाह गरेका कारण पुरुषले बहुविवाह गर्ने र त्यसपछि उनीहरुलाई घरमा बस्ने वातावरण नहुँदा हिंसामा पर्ने गरेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए ।

हिंसाको प्रतिरोध गर्न हिंसापीडित महिलालाई सुरक्षित महिला आवास गृहमार्फत सजिलो पनि भएको छ । उनले भने, “गृहमा हिंसामा परेकालाई मनोसामाजिक परामर्श दिने गरिएको छ ।”

मनोसामाजिक परामर्शकर्ताका रुपमा सरस्वती लेखकलाई राखिएको छ । गृहमा घरेलु हिंसा, बालविवाह, बलात्कार, बहुविवाह, लैङ्गिक हिंसा लगायतका समस्याबाट पीडित बढी आउने गरेका छन् ।

पीडित महिलालाई ३५ दिनसम्म निःशुल्क रुपमा खान बस्न र निःशुल्क कानूनी उपचारका लागि सहयोग गर्ने गरिएको छ । त्यस्तै ३५ दिनसम्म पुनःस्थापना नभए अथवा पुन हिंसामा पर्ने देखिए अवधि लम्ब्याउने गरिएको छ । गृहलाई दिगो रुपले सञ्चालन गर्न नगरपालिकाले पहल गर्ने पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताए ।

गृहको व्यवस्थापन शहस्त्रलिंग सामुदायिक संस्थाले गरेको छ भने संयुक्त राष्टसंघीय जनसङ्ख्या कोषको सहयोगमा सञ्चालनमा छ । रासस

वि.सं.२०७६ मंसिर २६ बिहीवार १३:१४ मा प्रकाशित

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...