back
CTIZAN AD

कर्णालीका सुत्केरीलाई ‘कोसेली’

वि.सं.२०७६ मंसिर २६ बिहीवार

786 

shares

२६ मङ्सिर, कर्णाली । कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुनेले पोषणबापत रु दुई हजार रकम पाउने भएका छन् । योसहित कर्णाली प्रदेशका सुत्केरी आमाले अबदेखि स्वास्थ्य संस्थामा प्रसूति हुन आएमा रु चार हजार ८०० पाउने व्यवस्था गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले यही मङ्सिरदेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा आउने महिलालाई पोषणबापत दुई हजार रकम दिने व्यवस्था गरेको छ । प्रदेशका १० जिल्लामा लागू हुने गरी सुत्केरी कोसेली कार्यक्रम लागू गरिएको छ । प्रसूति हुन स्वास्थ्य संस्थामा आउन प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको सामाजिक विकासमन्त्री दल रावलले बताए ।

“कर्णालीमा रहेका विपन्न गरीब महिलालाई पोषणमा केही राहत होस् भन्नका लागि कार्यक्रम ल्याएका हौँ”, उनले भने, “पोषण भत्ताले गर्दा स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलालाई प्रोत्साहन गर्नेछ र मातृ मृत्युमा कमी गर्न सकिन्छ भन्ने उद्देश्य हो ।” मन्त्रालयका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले कोसेली कार्यक्रमका लागि रु चार करोड बजेट छुट्याइएको जानकारी दिए ।

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले सुत्केरीलाई कोसेली कार्यक्रमले सुत्केरी हुन स्वास्थ्य संस्थामा आउनका लागि प्रोत्साहन गर्ने बताए । यस कार्यक्रमअन्तर्गत स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत रकम पठाउने र स्वास्थ्य संस्थालाई प्रदान गरिने उहाँले जानकारी दिए ।

उनले स्वास्थ्य संस्थामा सुत्केरी हुन आएबापत यातायातबापत रु दुई हजार, चारपटक गर्भ जाँच गरेबापत रु ८०० र पोषणबापत रु दुई हजार रकम सुत्केरी महिलाले पाउने बताउनुभयो । पोषणबापत दिइने रु दुई हजार प्रदेश अस्पतालका हकमा भने विपन्न महिलालाई मात्र प्रदान गरिने बताए । अन्य सबै स्वास्थ्य संस्थामा भने सबै महिलालाई प्रदान गरिने उनले जानकारी दिए ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १३:२८ मा प्रकाशित

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...