२६ मंसिर, काठमाडौं । बाणिज्य बैंकहरुमा लगानी योग्य रकम कम भएको बताइरहँदा उनीहरुले गर्ने आम्दानी रकम चाहिं अत्यधिक देखिएको छ । गत आर्थिक बर्ष २०७५÷७६ को पहिलो चौमासको तुलनामा चालु आ.ब.२०७६÷७७ मा बाणिज्य बैंकहरुले औषतमा ११ प्रतिशत बढी नाफा गरेका छन । गत आ.ब. २०७५÷७६ को पहिलो चौमास सम्ममा १३ अर्ब ७९ करोड ४० लाख आम्दानी गरेका बैंकहरुले यो आ.ब.को पहिलो चौमाससम्ममा १५ अर्ब २८ करोड ५० लाख कमाएका हुन ।
यहि सिजनमा नेपालीहरुका मुख्य चाड पर्बहरु परेकाले आर्थिक गतिबिधिमा बढोत्तरी भई बैंहरुको नाफामा पनि बृद्धि भएकोको अर्थ बिश्लेषकहरुको भनाइ छ । यो अबधिमा सबै भन्दा धेरै राष्ट्रिय बाणिज्य बैंकले मात्र १ अरब ८३ करोड ९० लाख आम्दानी गरेको छ । यो आम्दानी गत आ.ब.को सोहि अबधिको तुलनामा ७४ प्रतिशत बढी हो । त्यस्तै नबिल बैंकले गत आ.ब.को सोहि अबधिमा ९७ करोड ६० लाख नाफा गरेकोमा चालु आ.ब.को सोहि अबधिमा एक अरब ५ करोड ३० लाख आम्दानी गरेको छ । प्रतिशतका आधारमा सनराइज बैंकले सबै भन्दा बढी नाफ कमाएको छ । उसले गत आ.ब.को पहिलो चौमासको तुलनामा यो अबधिमा ८३.१० प्रतिशत नाफा कमाएको हो । नेपाल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर बैंक प्रभु बैंक लगायतको आम्दानी भने गत आ.ब.को तुलनामा घटेको छ ।
वि.सं.२०७६ मंसिर २६ बिहीवार १४:०९ मा प्रकाशित
























