back
CTIZAN AD

टोलटोलमा पुगेर जनताका समस्या सुन्दै जनप्रतिनिधि

वि.सं.२०७६ मंसिर २६ बिहीवार

918 

shares

२६ मङ्सिर, काठमाडौँ । जनताका साझा समस्या समाधानको प्रयासमा काठमाडौँ महानगरपालिका वडा नम्बर ४ ले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रमअन्तर्गत वडामा रहेका १० टोलका जनतमाझ पुगेर प्रदेशसभा सदस्य र वडाका प्रतिनिधिले साझा समस्या बुझ्नुका साथै समाधानको प्रयास गर्न थालेका छन् । यही मङ्सिर १७ गतेदेखि शुरु गरिएको कार्यक्रम अहिलेसम्म चार ठाउँमा सम्पन्न भएको वडाध्यक्ष मोहन विष्टले जानकारी दिए । उनका अनुसार माथिल्लो बालुटार, टुसाल, तल्लो बालुवाटार र चुनदेवीमा कार्यक्रम गरी जनताका समस्या समाधानका लागि प्रक्रिया अघि बढाइएको छ ।

यो कार्यक्रम वडाअन्तर्गतका प्रगति टोल, दीपज्योति–दीपसागर, गैरीगाउँ विशालनगर, चण्डोल, अन्नपूर्ण मार्ग र धन्यन्तरी आनन्दनगर मार्गमा पनि गरिने वडाध्यक्ष विष्टले बताए । जनप्रतिनिधिसमक्ष जनताले मेलम्चीको पानी, ढल व्यवस्थापन, चोरी नियन्त्रणका लागि सीसी क्यामेरा जडान, कुकुरको उचित व्यवस्थापन, सरसफाइ, वडास्तरीय क्लिनिकलगायतमा ध्यान दिन सुझाव राखेका छन् ।

टोलवासीका समस्या समाधानमा काठमाडौँ क्षेत्र नं ५ (क) का प्रदेशसभा सदस्य नारायण सिलवाल पनि सक्रिय भएर लाग्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ं का केन्द्रीय सदस्यसमेत रहेका सिलवालले ४ नम्बर वडाबाट शुरु भएको कार्यक्रमलाई अन्य वडामा पनि विस्तार गरिने बताए । आज चुनदेवीमा आयोजित कार्यक्रममा उनले भने, “अनेक चुनौतीका बाबजुद स्थानीय तहका जनप्रतिनिधिले काम गरिरहेका छन्, केही कमजोरी भए भने जनताले खबरदारी गर्नुपर्छ, हामी सबै एकजुट भएर लाग्यौँ भने नमूना विकास हामीभन्दा धेरै टाढा छैन ।”

वडा नम्बर ४ पार्क र हरियालीपूर्ण रहेको, पूर्वाधारको निर्माण तथा स्तरोन्नति गर्ने काम जारी रहेको, काठमाडौँका अन्य वडाभन्दा सफा रहेको प्रदेशसभा सदस्य सिलवालले बताए । वडा नं ४ ले अतिक्रमित सार्वजनिक जग्गा वडा मातहत ल्याइ झण्डै एक दर्जन पार्क निर्माण गरेको छ । प्रदेशसभा सदस्य सिलवालको सक्रियतामा गत वर्ष पनि १२ टोलमा यस्तो कार्यक्रम गरिएको थियो ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १४:१६ मा प्रकाशित

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर...

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत...

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

धनुषा । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत जिल्लाको मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिक...

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम...

गोठाटारस्थित नागेश्वर मन्दिरमा चोरी

गोठाटारस्थित नागेश्वर मन्दिरमा चोरी

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा...