back

राउटेले कूल पूजा गर्दै

वि.सं.२०७६ मंसिर २६ बिहीवार

261 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

२६ मङ्सिर, सुर्खेत । जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले शनिबार धुमधामसँग कूल देवता मस्टोको पूजा गर्दैछन् । पूजाको तयारीका लागि बस्तीदेखि शहर–बजारसम्म राउटेको व्यस्तता बढेको छ । अगुवा चामल र खसीको जोहो गर्न वीरेन्द्रनगर आइपुगेका छन् भने महिला बस्तीमै बसेर बाँकी तयारीमा जुटेका छन् ।

राउटेले खस समुदायझै कूल देवताको रुपमा भुयाँर र दारेमष्टोको पूजा गर्ने गर्दछन् । यो समुदायले मस्टो पूजा, साउने र माघे सङ्क्रान्ति पर्वलाई विशेष धुमधामका साथ मनाउने गर्दछ । राउटे अगुवा हरिबहादुर शाहीले खसी र चामलका लागि वीरेन्द्रनगर आइपुगेको बताए । “भत्ताले नपुग्ने भएपछि प्रदेश सरकारसँग खसी र चामल किनिदिन माग गरेका छौँ”, उनले भने, “मन्त्रीज्यूले तपाईहरुको नाममा बजेट छुट्याएको छ, त्यही बजेटबाट केही रकमको व्यवस्था गरौँला भनेका छन् ।” हरिबहादुरसहित तीन जनाले बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई भेटेर सहयोग मागेका थिए ।

राउटे अगुवाले आफूहरुका लागि ४६ खसी–बोका आवश्यक पर्ने बताएका छन् । “प्रति परिवार एउटा खसी–बोका चाहिने हुँदा आजै बन्दोबस्त मिलाइदिन मन्त्रीलाई आग्रह गरेका छौँ”, अर्का अगुवा प्रकाश शाहीले भने, “मन्त्रीज्यूले भोको बस्नुपर्दैन भनेका छन् ।”

हाल दैलेखको गुराँस गाउँपालिकामा ४६ घरधुरी राउटे बस्दै आएका छन् । शुरुमा राउटे अगुवाको टोली गुराँस गाउँपालिका कार्यालय पुगेको थियो । गाउँपालिकाले बजेट नभएको बताएपछि सिधँै बस चढेर राउटे अगुवाहरु वीरेन्द्रनगरस्थित सामाजिक विकास मन्त्रालय आइपुगेका थिए । राउटे अगुवाले काठमाडौँमा भेट हुँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलले खसी पठाउने आश्वासन दिएको सम्झिए । राउटे युवा प्रकाशले भने, “जङ्गलमा पहिलेजस्तो कन्दमूल, गुना बाँदर पाइँदैन्, त्यही भएर मासुका लागि पनि खसीकै भर पर्नुपर्छ ।” सरकारले दिने मासिक भत्ता रकमले चामल, नून, तेल र तरकारी किन्नमै खर्च हुने उनको भनाइ थियो ।

“सरकारले भत्ता दिएका छौँ, पुग्छ नि भन्छ, यता हामीले सबै किनेर खानुपर्छ, पहिलेजस्तो गाउँमा मागेर पाइँदैन, हामीले बनाएका कोशी, मुुधुस, आरी पनि कसैले किन्दैनन्” अगुवा हरिबहादुरले माग्दै हिँड्नुको बाध्यता यसरी सुनाए । प्रदेश सरकारले समयमै रकम नदिए यसपालीको मस्टो पूजा पनि खुल्लो हुने होकी भन्ने चिन्ता बढेको छ । सरकारी सहयोगको पर्खाइमा रहेका राउटे अगुवालाई भोलिसम्म खसीबोका र चामल बस्तीमा पु¥याइसक्न मुखियाले आदेश दिएका छन् ।

ठकुरी वंशका राउटेमा रास्कोटी, कल्याल र सोवंशी थर छन् । नामका पछाडि सबैले ‘शाही’ भन्ने गर्दछन् । बोल्ने बेग्लै भाषा छ, जसलाई ‘खाम्सी’ भनिन्छ । धर्म–संस्कृति, जातपात हिन्दु सम्प्रदायसँग मेल खान्छ । राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले फिरन्ते वन्य जीवनमा बाँचिरहेका राउटे आधुनिक जीवनशैलीबाट टाढा रहेकाले अस्तित्व सङ्कटमा पर्न थालेको बताए । “राउटेलाई आफ्नो संस्कार, धर्मसंस्कृति, भेषभूषा रहनसहन नै प्यारो लाग्छ, त्यही भएर स्थायी रुपमा बसोबास, पशुपालन र खेतीबालीप्रति रुची छैन्, माग्नु त उनीहरुको बाध्यता बनिसक्यो,” उनले भने ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १४:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी...

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

त्रिवेणी (रुकुमपश्चिम) । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार...

डोल्पामा पिउने पानीको चरम अभाव, महँगोे पानी किनेर खान बाध्य सर्वसाधारण 

डोल्पामा पिउने पानीको चरम अभाव, महँगोे पानी किनेर खान बाध्य सर्वसाधारण 

डोल्पा ।  नदीनाला र मुलको प्रमुख स्रोत भएको जिल्लामै पिउने...

कर्णालीमा पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा

कर्णालीमा पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका परिवारलाई राहत सामग्री प्रदान

यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका परिवारलाई राहत सामग्री प्रदान

मुगु । यार्सा खोज्न मुगुका विभिन्न पाटनमा पुगेका बेला लेक...

मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प

मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प

काठमाडौँ । मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ...