back

बंगलादेशको प्लास्टिक कारखानामा आगलागी, जलेर आठ जनाको मृत्यु

वि.सं.२०७६ मंसिर २६ बिहीवार

216 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

२६ मसिंर, ढाका ।  बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी शुरू भएको र द्रुतगतिमा आगो भुईं तलामा फैलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।

स्थानीय प्रहरी प्रमुख शाह जमानले एएफपीलाई भने, “एक व्यक्तिको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो र ३३ जना कामदार गम्भीर रूपमा घाइते भएका थिए । तीमध्ये सात जनाको ढाका मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।”

उनले उक्त कारखाना अवैध रूपमा सञ्चालन भएको पाइएको जानकारी दिँदै आगो नियन्त्रणमा ल्याउन अग्नि नियन्त्रकहरुलाई तीन घण्टा लागेको बताए ।

चिकित्सक समन्तलाल सेनले २४ जना कामदारको अवस्था अझै पनि गम्भीर रहेको जानकारी दिए । अधिकाँशको मुखबाट विशाक्त धुवाँ शरीरभित्र पसेको र आधाभन्दा बढी शरीर आगोले जलेकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए ।

बंगलादेशमा विशेष गरी सुख्खा हिउँदको मौसममा सुरक्षा संहिताहरुको कार्यान्वयनमा बेवास्ता गरिने भएका कारण कारखानामा आगो लाग्ने काम सामान्य झैं हुने गरेको छ । यसै वर्षको फेब्रुअरीमा ढाकाको पुरानो ऐतिहासिक मुगल भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए ।

सन् २०१२ को नोभेम्बरमा एउटा गार्मेन्ट कारखानामा आगो लाग्दा कम्तिमा १११ जनाको मृत्यु भएको थियो । यस घटनालाई बंगलादेशको इतिहासमै सर्वाधिक विभत्स कारखाना आगलागीका रुपमा लिइने गरिन्छ ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १४:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
बाह्र वरिष्ठ जापानी व्यापारीलाई रुस प्रवेशमा प्रतिबन्ध,  टोकियोद्वारा विरोध प्रकट

बाह्र वरिष्ठ जापानी व्यापारीलाई रुस प्रवेशमा प्रतिबन्ध, टोकियोद्वारा विरोध प्रकट

टोकियो । टोकियोले बुधबार टोयोटाका प्रमुखलगायत अन्य १२ जना वरिष्ठ...

‘न्यायका लागि लडाइँ सुरु भइसकेको’ भन्दै बङ्लादेशका सरकारी वेबसाइट ह्याकरको निशानामा

‘न्यायका लागि लडाइँ सुरु भइसकेको’ भन्दै बङ्लादेशका सरकारी वेबसाइट ह्याकरको निशानामा

ढाका । बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बीच बङ्लादेशको प्रधानमन्त्री...

बेलायतमा महिला विरुद्धको हिंसा ‘राष्ट्रिय आपतकाल’

बेलायतमा महिला विरुद्धको हिंसा ‘राष्ट्रिय आपतकाल’

लण्डन । इङ्गल्यान्ड र वेल्समा दैनिक लगभग तीन हजार महिला...

बङ्गलादेशमा बिरोध प्रदर्शनका क्रममा ५०० भन्दा बढी पक्राउ : प्रहरी

बङ्गलादेशमा बिरोध प्रदर्शनका क्रममा ५०० भन्दा बढी पक्राउ : प्रहरी

ढाका । बङ्गलादेशको राजधानी ढाकामा आरक्षण विरोधी प्रदर्शनमा केही विपक्षी...

लोकतन्त्रका लागि गोली खाएको अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ

लोकतन्त्रका लागि गोली खाएको अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ

  ग्रयाण्ड ¥यापिड्स, संयुक्त राज्य अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति...

बङ्गलादेशमा विद्यार्थी आन्दोलन : रोजगारीको कोटासम्बन्धी नियमबारे आइतबार सुनुवाई गर्ने

बङ्गलादेशमा विद्यार्थी आन्दोलन : रोजगारीको कोटासम्बन्धी नियमबारे आइतबार सुनुवाई गर्ने

ढाका । बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा...