back
CTIZAN AD

किबीको निर्यात बढ्न थालेपछि बजार पठाउन किसानलाई भ्याइनभ्याइ

वि.सं.२०७६ मंसिर २९ आइतवार

738 

shares

२९ मसिंर, बागलुङ । अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ ।

बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन भएको किबी बुटवल, पोखरालगायतका स्थानमा निर्यात भइरहेको छ । विदेशमा समेत प्रशस्तरुपमा उत्पादन हुने किबी महङ्गो फलमध्येको पर्दछ ।

निसिखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्तीले पाँच वर्ष पहिले व्यावसायिक रुपमा गरेको किबीखेतीले अहिले उत्पादन दिन थालेपछि बजार पठाउन भ्याइनभ्याइ छ । घर्तीले यही याममा मात्र रु तीन लाख बराबरको किबी बजारमा बिक्री गरिसकेको बताए ।

‘‘उत्पादन भए बजारीकरणको समस्या छैन,’’ राष्ट्रिय किसान समूह महासङ्घका जिल्ला अध्यक्षसमेत रहेका घर्तीले भने, “बुटवल र पोखरा मात्रै ८०० केजी किबी पठाए ।” उनले अहिले पनि गाउँघरमा पाकेको किबी बिक्री वितरण गरिरहेको बताए ।

घर्तीको बारीमा अहिले १२ रोपनी क्षेत्रफलमा नयाँ तथा पुरानो गरी ९६ वटा किबीका बिरुवा छन् । एक बिरुवाबाट ७० केजीदेखि १२० केजीसम्म किबी उत्पादन हुने घर्तीको भनाइ छ । ‘‘अहिले चार रोपनी क्षेफलमा किबीखेती विस्तारमा लागिरहेको छु’’ उनले भने । एकै बिरुवाले उत्पादन धेरै दिने भएका कारण बलियो थाँक्रो आवश्यक पर्ने खत्रीको अनुभव छ ।

उत्पादन गर्न सके बजारको समस्या नभएको घर्तीको भनाइ छ । व्यावसायिक खेतीसँगै उत्पादन र बजारीकरणमा आफूले पनि विभिन्न ठाउँको बजार सम्भाव्यता अध्ययन गर्ने र समन्वय गर्ने हो भने किसान मर्कामा पर्नसक्ने जोखिम निकै कम भएको उनको अनुभव छ ।

घर्र्तीले व्यावसायिक रुपमा केरा र ओखरखेती थालेका छन् । किबीलाई बुटवल र पोखरामा प्रतिकेजी रु ५०० मा बिक्री गरेको उनी बताउँछन् । घरबाट भने रु ४५० मा बिक्री गरेको घर्तीको भनाइ छ ।

अझै एक लाख बराबरको किबी बिक्रीका लागि तयारी भइरहेको उनको भनाइ छ । किबीखेती विस्तारका लागि रु १८ लाख लगानी गरिसकेका छन् । रासस

वि.सं.२०७६ मंसिर २९ आइतवार १३:४४ मा प्रकाशित

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...