back
CTIZAN AD

नाडाको अध्यक्षमा कृष्ण प्रसाद दुलाल निर्विरोध

वि.सं.२०७६ मंसिर २९ आइतवार

756 

shares

२९ मंसिर, काठमाण्डौं ।सवारी साधन तथा सवारीजन्यको विक्रिवितरण गर्ने संस्था नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको अध्यक्षमा कृष्ण प्रसाद दुलाल निर्विरोध भएका छन् ।

अटोमोबाइल व्यसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्सको नजिकिदै गरेको साधारणसभा र मनोनयनका लागि आज (पुष २९ गते) अन्तिम मिति रहेका बेला निर्वतमान उपाध्यक्ष रहेका दुलाल अध्यक्षमा निर्विरोध भएको बताइएको छ ।

अध्यक्षका अर्का उम्मेदवार उपाध्यक्ष प्रकाश कपुरीले अध्यक्षको उम्मेदवारका लागि आफ्नो नाम दर्ता नगरेर उम्मेदवारी फिर्ता लिएपछि दूलाल निर्विरोध भएको बताइएको छ ।

त्यस्तै अध्यक्षसहित सर्वसम्मत भएका अन्य कार्यसमिति सदस्यहरुमा आकाश गोल्छा, करण कुमार चौधरी,सुनिल रिजाल, अनुप कुमार बराल, सुरेन्द्र कुमार उप्रेती, बिक्रम सिंहानिया, राजन बाबु श्रेष्ठ, निराकर श्रेष्ठ, अबिक ज्योती, मिलन बाबु मल्ल, दिपक कुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल, र निलमणी पाठक निर्वाचित भएका हुन् ।

त्यस्तै धुर्व बहादुर थापा, सुवास आचार्य, नवराज डल्लाकोटी र ऋषी कुमार ढकाल संस्थागत सदस्यकातर्फबाट निर्वाचित भएको बताइएको छ ।

नाडामा अध्यक्ष तथा कार्यसमिति सदस्यका लागि मात्र प्रत्यक्ष निर्वाचन हुने व्यवस्था रहेकोले अध्यक्षमा दुलाल निर्विरोध भएपछि कार्यसमिति सदस्यहरु पनि निर्विरोध निर्वाचित गरिएको बताइएको छ ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १३:५३ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...