
२९ मंसिर, काठमाण्डौं । आज दिउसो १ बजे देखी बसेको नेकपाकोे स्थायी समिति बैठकले चारवटा तोकीएका र बिबिध अन्तरगतका बिभिन्न बिषयमा छलफल गरी निर्णयमा पुग्ने जनाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको यो स्थायी समिति बैठकका लागि बिहान बालुवाटारमा बसेको सचिवालय बैठकले एजेन्डा तय गरेको थियो ।
अध्यक्ष प्रचण्डद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गर्ने, सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने, केन्द्रीय कमिटिको अर्को बैठकको मिति तोक्ने र नेपाल–भारत सीमा समस्या लगायतका विषयमा छलफल हुदै गरेको जनाइएको छ ।
बिहानको सचिवालय बैठकमा केहि समय भाग लिएका प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले तयार पारेको राजनैतिक दस्तावेजमा सहमति जनाएकोले राजनैतिक प्रतिवेदनमा सामान्य भाषागत त्रुटि बाहेक अरुमा सर्वसम्मत हुने नेकपा श्रोतले जनाएको छ ।
वि.सं.२०७६ मंसिर २९ आइतवार १४:१८ मा प्रकाशित