back
CTIZAN AD

के मा छलफल गर्दैछ त नेकपाको स्थायी समितिले ?

वि.सं.२०७६ मंसिर २९ आइतवार

681 

shares

२९ मंसिर, काठमाण्डौं । आज दिउसो १ बजे देखी बसेको नेकपाकोे स्थायी समिति बैठकले चारवटा तोकीएका र बिबिध अन्तरगतका बिभिन्न बिषयमा छलफल गरी निर्णयमा पुग्ने जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको यो स्थायी समिति बैठकका लागि बिहान बालुवाटारमा बसेको सचिवालय बैठकले एजेन्डा तय गरेको थियो ।

अध्यक्ष प्रचण्डद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गर्ने, सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने, केन्द्रीय कमिटिको अर्को बैठकको मिति तोक्ने र नेपाल–भारत सीमा समस्या लगायतका विषयमा छलफल हुदै गरेको जनाइएको छ ।

बिहानको सचिवालय बैठकमा केहि समय भाग लिएका प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले तयार पारेको राजनैतिक दस्तावेजमा सहमति जनाएकोले राजनैतिक प्रतिवेदनमा सामान्य भाषागत त्रुटि बाहेक अरुमा सर्वसम्मत हुने नेकपा श्रोतले जनाएको छ ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १४:१८ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...