back

पक्राउ परेका कृषकप्रति सङ्घको ध्यानाकर्षण

वि.सं.२०७६ मंसिर ३० सोमवार

306 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

३० मङ्सिर, चितवन । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले गिरफ्तारमा परेका अगुवा कृषकको रिहाइको माग गरेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका पाँच कृषकको रिहाइको माग गरेको हो ।

सङ्घका अध्यक्ष शिवराम केसीले सप्लायर्सले आफूखुशी मूल्य निर्धारण गरेको विषयमा छलफलका क्रममा भनाभन भएको र सोही विषयलाई लिई कृषकलाई झुटो मुद्दा लगाई फसाउने काम गरिएको दाबी गरे । सङ्घले निर्धारण गरेको मूल्यभन्दा कम मूल्यमा अण्डा खरिद गर्ने गरी उनीहरुले निर्णय गरेको सङ्घको आरोप छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रहरीले कुखुरापालक कृषक प्रकाश अधिकारी, आनन्द मास्के, रामहरि केसी, दीपेश्वर केसी र राजेन्द्र साँखीलाई अभद्र व्यवहार गरेको भन्दै पक्राउपछि मुद्दा दर्ता गरेको छ । सम्मेलनमा अण्डा उत्पादक कृषकमा बिचौलियाका कारण कृषक र उपभोक्ताहरु मारमा परेको जानकारी गराइएको थियो ।

सङ्घले मङ्सिर १ गतेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको भए पनि सो मूल्यमा कृषकको फार्मबाट अण्डा उठ्न नसकेको समयमा बिचौलियाको प्रभावमा प्रशासनले कृषकलाई नियन्त्रणमा लिएको उनीहरुको आरोप छ ।

केसीले कृषकले ठूलो अण्डाको प्रतिक्रेट फार्म मूल्य रु २७५ र मध्यमको २५५ तोकेको भए पनि सप्लायर्सले कम मूल्य राखेर प्रचारप्रसार गरेपछि विवाद बढेको जानकारी दिए । अण्डाको लागत मूल्य रु ११ पर्ने भए पनि बिचौलियाका कारण कृषकले लागत मूल्य नपाएको केसीको भनाइ थियो ।

वि.सं.२०७६ मंसिर ३० सोमवार १२:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

रसुवागढी नाकाबाट विदेशी मुद्रासहित एकजना पक्राउ

रसुवागढी नाकाबाट विदेशी मुद्रासहित एकजना पक्राउ

रसुवा । गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ...

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा एक मजदुरको मृत्यु, एकजना घाइते

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा एक मजदुरको मृत्यु, एकजना घाइते

हेटौँडा । मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने...

प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको...

विमान दुर्घटना अपडेट : १८ जना यात्रुको निधन, एकको जीवितै उद्धार

विमान दुर्घटना अपडेट : १८ जना यात्रुको निधन, एकको जीवितै उद्धार

  काठमाडौँ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९...

नागरिकको जीवनस्तर उकास्न परम्परागत बाली विस्तार गर्दै नगरपालिका

नागरिकको जीवनस्तर उकास्न परम्परागत बाली विस्तार गर्दै नगरपालिका

चितवन । चेपाङ समुदायको बसोबास रहेको कालिका नगरपालिकाका तीनवटा वडामा...