back
CTIZAN AD

हिमालयन शेर्पालाई यती एयरलाइन्सको मुख्य प्रायोजन

वि.सं.२०७६ मंसिर ३० सोमवार

708 

shares

३० मसिंर, काठमाडौँ । ‘ए’ डिभिजनमा रहेको हिमालयन शेर्पा क्लबलाई यती एयरलाइन्सले एक वर्षका लागि रु २० लाख बराबरको मुख्य प्रायोजन गरेको छ ।

हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यती एयरलाइन्सका निर्देशक समर राणासँग रु २० लाख बराबरको मुख्य प्रायोजन गर्ने सम्झौतापत्रमा आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर गरे । सम्झौतासँगै अब क्लबको नाम यती हिमालयन शेर्पा क्लब हुनेछ ।

सम्झौतापछि यती एयरलाइन्सका वरिष्ठ व्यवस्थापक भीमराज राईले सामाजिक उत्तरदायित्वको काम गर्ने उद्देश्यसहित क्लबलाई सहयोग गरिएको बताए । क्लबका अध्यक्ष शेर्पाले यस किसिमको सहयोगले क्लब र फुटबल खेलको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

हिमालयन शेर्पा क्लबका खेलाडीमा मानबहादुर तामाङ -कप्तान), भीषण गुरुङ, त्रिदेव गुरुङ, आशीष गुरुङ, सुरज गुरुङ, विजय गुरुङ, सञ्जय धिमाल, दिवस उराउ, विकास राई, किशोर गिरी, गिल्सन कान्दाङवा, निरज बस्नेत, कैलाश बस्नेत, छिरिङ तामाङ, अभी पौडेल, विश्वान, छोपबहादुर उछानी, रवि थापामगर, विनोद गुरुङ, राम्जी, अब्दुल्ला, स्टिभ, क्षितिज खड्का, सविन तामाङ र विशाल श्रेष्ठ छन् । टोलीको मुख्य प्रशिक्षकमा सञ्जीव बुढाथोकी छन् भने सहायक प्रशिक्षकमा मीन बस्नेत छन् ।

वि.सं.२०७६ मंसिर ३० सोमवार १३:४४ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...