१ पुष, काठमाण्डौं । आदिवासी जनजाति महासंघ अमेरिका (फिफ्ना) को सोमबार सम्पन्न सातौ राष्ट्रिय महाधिबेशनले लोक चेम्जोङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
त्यसैगरी महासंघको वरिष्ठ उपाध्यक्षमा पदम बहादुर गुरूङ, महिला उपाध्यक्षमा गोमा योन्जन, महासचिवमा नरेन्द्र थापामगर, सचिवमा टोमा लामा, कोषाध्यक्षमा छोन्जोम लामा, सहकोषाध्यक्षमा सुवर्ण कुमार शाक्य, सदस्यहरुमा पेन्पा जेन्पा, संघिय परिषद सभामुखमा राजकुमार बिष्ट, संघिय परिषद उपसभामुखमा सूर्या महर्जन, संघिय परिषद सदस्य सचिवमा छिरिङ राप्के लामा तथा सल्लाहकारमा मन कुमार राई (मणि वाङदेल) रहेका छन् ।

यस्तो छ फिफ्नाका नवनिर्वाचित अध्यक्ष चेम्जोङद्धारा जारी विज्ञप्ति
प्रेश विज्ञप्ती
आदरणिय जनसमुदाय, आदिवासी अभिवादन, नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) को सातौ राष्ट्रीय महाधिवेशन डिसेम्बर १५, २०१९ न्यूयोर्कमा एक भव्य समारोहका विच सम्पन्न भएको छ ।
सातौ राष्ट्रीय महाधिवेशन सम्पन गर्न उपस्थित प्रमूख अथिती, विशिष्ट अथितीज्युहरू, विभिन्न संघ संगठनका प्रमूख तथा प्रतिनिधिज्यूहरू, बुद्दीजीवी, समाजसेवी, पत्रकारज्यूहरू र सम्पूर्ण सहयोगीज्यूहरूमा हार्दिक धन्यबाद व्यक्त गर्दछौ । फिप्नाको सातौ राष्ट्रीय महाधिवेशनले नेपाली समुदायविच, एकता, भातृत्व, सद्भाव र आपसी मेलमिलापको सन्देश दिएको छ । यस राष्ट्रिय महाधिवेशनले नेपाली समुदायविचको विभिन्न संघसंस्थाहरू, व्यक्तिगत र मनोगत ढंगले गुटगत र विभाजनतिर गईरहेको नेपाली समुदाय विचमा आपसी एकता र सद्भाव रहेको छ भन्ने महत्वपूर्ण सन्देश दिएको छ । हामी प्रवासमा छौ त्यसकारण पनि हामी अझ धेरै संगठित र संस्थागत हुनु पर्ने हुन्छ । त्यसका साथसाथै हामी नेपालका आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने भएकोले हाम्रो नेपाल सरकार र नेपालको संबिधान र यसको सिमाभित्र रहेर पनि नेपालको र विश्वभर रहेको नेपाली आदिवासी जनजातीहरूको हक अधिकार, संयुक्त राष्ट्रसंघले पारीत गरेको आई एल ओको धारा १६९ मा उल्लेखित आदिवासी जनजातीको हक अधिकारको लागि बहस पैरवी र आवाजहरू उठाउने सवालमा हामी अग्रपंक्तिमा उभिने नै छौ । नेपालको आदिवासी जनजातीहरूको उत्थान, विकास र प्रोत्साहनका हरेक मानविय र सामाजिक कार्यमा संलग्न हुदै जाने प्रतिवद्दता व्यक्त गर्दछौ । अमेरीकामा क्रियाशील विभिन्न सामाजिक संघ संगठनहरूमा आपसी एकता, सत्भाव र सहकार्य गर्दै नेपाली समुदायको हितमा काम गर्ने सदैव तयार रहने छौ । अमेरीकी स्थानिय राजनीतिमा क्रियाशील नेपाली मूलका व्यक्तित्वहरूको साथ ,समर्थन र प्रोत्साहनको लागी सदैव सकारात्मक भुमिका निर्वाह गर्ने समेत यसै विज्ञप्ति मार्फत जानकारी गर्दछौ ।

आगामी दिनमा बलियो संगठन, आर्थिकरूपमा सक्षम, बैचारीक रूपमा प्रष्ट, उच्च नैतिकतायुक्त आचरण स्थापित गर्दै अमेरीकामा बस्ने नेपाली समुदायको सुखदुखको सारथी बन्दै संसारभरी छरिएर रहेका नेपाली मूलका आदिवासी जनजातीहरूको साझा सम्मेलन गरेर एउटा विश्वभरको छाता संगठन निर्माण गर्दै नेपालका आदिवासी जनजाति तथा सिंगो नेपाली समुदायहरूको भाषा, संस्कृति , परम्परा र रितिरिवाज साथै खानाहरू, भेषभुषाहरूको प्रवर्धन, प्रचारप्रसार गर्दै नेपालको पर्यटन प्रवर्धनमा विशेष भुमिका खेल्ने समेत प्रतिबद्धता व्यक्त गर्दछौ । मुख्यगरी अमेरीकामा बसोबास गरिरहनुभएका नेपाली आदिवासी जनजाति समुदायको संस्थागत तथा व्यक्तिगत सुखदुःखमा हामीबाट हुनसक्ने साथ सहयोगको लागी हामी सदैब तत्पर रहने छौ । हामीलाई विश्वास गरेर आगामी २ वर्षको कार्यकालको लागी यहाँहरूले सर्वसम्मत निर्वाचित गर्नुभएकोमा यहाहरूप्रती हार्दिक धन्यवाद व्यक्त गर्दछौ । हामी पदमा हैन जिम्मेवारीमा पुगेको महसूस भएको छ । अन्त्यमा निर्वाचन समिती, अध्यक्ष मण्डल साथै सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षकज्यूहरू, निवर्तमान अध्यक्ष लगायत पदाधिकारीज्यूहरू सम्पूर्णप्रति हार्दिक धन्यबाद व्यक्त गर्दछौ । यहाँहरूको सकारात्मक सल्लाह, सुझाव र सबैखाले सहयोग अपेक्षा सहित पुन हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।
आदिवासी अभिवादन सहित नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्नाको) आगामी कार्यकाल (२०१९–२०२१) को लागी निम्नानुसार को कार्यसमिति रहेको जानकारी गराउदछौ ।’
वि.सं.२०७६ पुस १ मंगलवार १०:०६ मा प्रकाशित






























