
१ पुष, काठमाण्डौं । एनआरएनए नाइजेरियाले क्यान्सर रोगले पीडित अर्घाखाँचीका एक युवालाई आर्थिक सहयोग गरेको छ ।
अर्घाखाँची, शितगङ्गा नगरपालिका–५ का ब्लड क्यान्सरबाट पीडित भइ उपचार गराइरहेका नारायण प्रसाद न्यौपानेलाई एनआरएनए नाइजेरियाको तर्फबाट उपचार सहयोग बापत रु ७१ हजार १६० रुपैयाँ हस्तान्तरण गरिएको हो ।
संघका अध्यक्ष रोशन थापाले उनलाई सोमबार अस्पतालमै गएर न्यौपानेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
ब्लड क्यान्सरले पीडित भै सिभिल अस्पताल काठमाडौंमा उपचार गराइरहेका न्यौपानेलाई सहयोग रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष थापासँगै एनसीसी नाइजेरियाका सदस्य तुल्सीराम भन्डारीको पनि उपस्थिति रहेको थियो ।
एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले संघमार्फत् उपचार सहयोग गर्ने हिक्मत थापा, चिरञ्जीवी रोका, बिश्वास पौडेल, संजय थापा, शंकर बर्मा, बिरेन्द्र गुप्ता, प्रकाश सिङ्ग्डेन, अभिषेक मान सिंह, सोमेश अर्याल, भरत रिजाल, सुशान्त गिरी, रोशन थापा र ईन्द्र टन्डनलाई धन्यवाद ब्यक्त गरेका छन् ।
वि.सं.२०७६ पुस १ मंगलवार १०:३९ मा प्रकाशित