back
CTIZAN AD

क्यान्सर रोगले पीडित न्यौपानेलाई एनआरएनए नाइजेरियाको आर्थिक सहयोग

वि.सं.२०७६ पुस १ मंगलवार

966 

shares

१ पुष, काठमाण्डौं । एनआरएनए नाइजेरियाले क्यान्सर रोगले पीडित अर्घाखाँचीका एक युवालाई आर्थिक सहयोग गरेको छ ।

अर्घाखाँची, शितगङ्गा नगरपालिका–५ का ब्लड क्यान्सरबाट पीडित भइ उपचार गराइरहेका नारायण प्रसाद न्यौपानेलाई एनआरएनए नाइजेरियाको तर्फबाट उपचार सहयोग बापत रु ७१ हजार १६० रुपैयाँ हस्तान्तरण गरिएको हो ।

संघका अध्यक्ष रोशन थापाले उनलाई सोमबार अस्पतालमै गएर न्यौपानेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

ब्लड क्यान्सरले पीडित भै सिभिल अस्पताल काठमाडौंमा उपचार गराइरहेका न्यौपानेलाई सहयोग रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष थापासँगै एनसीसी नाइजेरियाका सदस्य तुल्सीराम भन्डारीको पनि उपस्थिति रहेको थियो ।

एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले संघमार्फत् उपचार सहयोग गर्ने हिक्मत थापा, चिरञ्जीवी रोका, बिश्वास पौडेल, संजय थापा, शंकर बर्मा, बिरेन्द्र गुप्ता, प्रकाश सिङ्ग्डेन, अभिषेक मान सिंह, सोमेश अर्याल, भरत रिजाल, सुशान्त गिरी, रोशन थापा र ईन्द्र टन्डनलाई धन्यवाद ब्यक्त गरेका छन् ।

वि.सं.२०७६ पुस १ मंगलवार १०:३९ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...