back
CTIZAN AD

युएईको ग्रीनलाइन ट्राभलले संचालनको ५ बर्ष पुगेको अबसरमा ग्राहकलाई बिशेष छुट दिदै

वि.सं.२०७३ मंसिर २० सोमवार

1.1K 

shares

15232284_1343262772371529_7309178578504083042_n-1युएई अबुधाबी । युएईको राजधानी शहर अबुधाबीमा प्रधान कार्यलय रही युएईको विभिन्न शहरमा आफ्नो शाखा विस्तार गरि नेपाली देखि सम्पूर्ण मुलुक निवासी हरुलाई सेवा प्रदान गर्दै आएको ग्रीनलाइन ट्राभल एण्ड टुर्सले ग्राहकलाई बिशेष छुट दिने भएको छ ।
संचालनको ५ बर्ष पुगेको अबसरमा आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरुका लागि एक महिना लागि बिशेष छुट दिने भएको छ । नेपालीहरुको लगानीमा युएईमा पहिलो तथा धेरै शाखा भएको यस ट्राभल सन २०११ देखि संचालनमा आएको हो ।

भिजिट भिसा, हवाई टिकट तथा टुरिजम प्याकेजमा नेपालीहरुको लागि डिसेम्बर महिना भरि बिशेष छुटको ब्याबस्था गरिएको ग्रीनलाइन ट्राभल एण्ड टुर्सका संचालक बालकृष्ण खडकाले बताए । २०११ देखि युएईमा संचालनमा आएको ग्रीनलाइन ट्राभलले ग्रीनलाइन ट्राभल एण्ड टुर्स गु्रप अफ कम्पनि बनाएर युएईकै बिभिन्न राज्यमा ८ वटा शाखा र कतारमा अल कूट ट्राभल संचालनमा ल्याएको संचालक खड्काले बताए । युएईमा ग्रीनलाइन ट्राभल एण्ड टुर्सको व्यवस्थापनमा ग्रीनलाइन फार्म हाउस समेत संचालनमा रहेको छ । फार्म हाउस ५० जनालाई खाना बस्नका लागि राम्रो र ब्यबस्थित कटेज र १० हजार जना जना संख्या सम्म अट्न सक्ने क्षमता भएको ५० रोपनी क्षेत्रफलमा फैलिएको खड्काले बताए ।
ग्रीनलाइन ट्राभल एण्ड टुर्सको कुनै पनि शाखा बाट डिसेम्बर महिना भरि टिकट खरिद गर्ने सबैलाई निशुल्क एयरपोर्ट आवत जावत यातायातको सुबिधा समेत दिने बताउदै खडकाले ट्राभलमा नेपाली ,इन्डियान ,फिलिपिनी , श्रीलंका , बंगलादेशी जोडनका गरि ५ दर्जनले रोजगारी पाइरहेका छन । आफनो डेजर्ट क्याम तथा होटल संचालनको लक्ष्य लिएको बताउदै खड्काले ग्रीनलाइनलाई युएईको टप १० ट्राभल एजेन्सी बनाउने उदेश्य रहेको बताएका छन । ग्रीनलाइन ट्राभल ग्रुप अफ कम्पनि सधै आफ्नो ग्राहकहरुको सेवामा इमान्दारी साथ सर्बसुलभ तरिकाले लागेको हुदा सम्पूर्ण ग्राहकहरुको रोजाइमा समेत परेको छ । ग्रीनलाइन ट्राभल ग्रुप अफ कम्पनि बालकृष्ण खड्का र ठाकुर प्रसाद ढुंगानाको संयुक्त लगानीमा लगानीमा संचालनमा आएको छ भने यसको शाखा कार्यलय नेपालमा समेत रहेको छ ।

वि.सं.२०७३ मंसिर २० सोमवार ०८:३८ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...