back
CTIZAN AD

खानीमा विस्फोट , चौध जनाको मृत्यु

वि.सं.२०७६ पुस १ मंगलवार

660 

shares

१ पुस, बेइजिङ ।  चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ ।

खानीमा रहेको ग्यास विस्फोटनपछि उक्त घटना भएको जनाइएको छ । अन्य दुई जना अझै खानी भित्रै च्यापिएको अधिकारीहरुले जनाएका छन् ।

मङ्गलबार बिहानको समयमा भएको यस विस्फोटमा च्यापिएका ती दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीहरुको जनाएका छन् । घटनास्थलबाट अरु सात जनालाई भने जिवितै उद्धार गरिएको छ ।

चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा रहेको अर्को एउटा खानीमा बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको र तेह्र जना खानी भित्रै च्यापिएको भोलीपल्ट यो घटना भएको हो ।

बाढी आएका बेला सो खानीमा ३ सय ४७ जनाले काम गरिरहेका थिए । चीनमा यस्ता विस्फोटनका घटना निरन्तर हुदै आएका छन् । पर्याप्त र उचित सुरक्षाको व्यवस्था नगरिएकाले विस्फोटनका घटना हुने र मानिसहरुको मृत्यु हुनेगरेकोे छ ।

गत महिना सान्छीमा रहेको खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।

वि.सं.२०७६ पुस १ मंगलवार १४:३४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...