back
CTIZAN AD

चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक सुधार– विदेशमन्त्री वाङ

वि.सं.२०७६ पुस १ मंगलवार

645 

shares

१ पुस, ब्रसेल्स ।  चिनियाँ विदेशमन्त्री वाङ यीले चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक रुपमा सुधार भएको बताएका छन् ।

सोमबार बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– चीनमा मानवअधिकारको अवस्थामा व्यापक सुधार भएको छ, यो ऐतिहासिक रुपमा सुधार हो ।

युरोपियन नीति केन्द्रद्धारा सोमबार ब्रसेल्समा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमन्त्री वाङ यीले मानवअधिकारको अवस्थामा गुणात्मक रुपमा नै सुधार आएको धारणा राखेका हुन् ।

आधुनिक चीनको स्थापनाको भएपछिको इतिहासलाई नै हेर्दा हाल आएर यहाँको मानवअधिकारको अवस्थामा ऐतिहासिक रुपमा सुधार आएको धारणा उनले धारणा राखेका थिए ।

उनले भनेका थिए – हामीले करिब ८५ करोड नागरिकलाई गरिबीको रेखाबाट बाहिर निकालेका छौँ र मलाई लाग्छ यो गरिबी निवारणको विश्वकै तथ्याङ्कमा कम्तीमा पनि ७० प्रतिशत योगदान हो ।

उनले चीनले आफ्ना करिब ७७ करोड नागरिकलाई रोजगारी दएको तथा २५ करोड ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाएको तथा अरु पनि सबै नागरिकलाई उनीहरुको आधारभूत आवश्यकताहरुको पूर्ति गरेको जानकारी पनि सो कार्यक्रममा दिए ।

उनले चीनमा अहिले करिब ८५ करोड नागरिक इन्टरनेटका प्रयोगकर्ता रहेको जानकारी दिए । त्यसैगरी करिब एक अर्ब चिनियाँ नागरिकले नयाँ मिडियाको प्रयोग गरिरहेको जानकारी दिए ।

उनले चीनको संविधानले प्रत्याभूत गरेको नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको उपभोग गरिरहेको धारणा पनि सो अवसरमा राखे ।

पिउ रिसर्च सेन्टरले हालैमात्र गरेको एक सर्वेक्षणमा चिनियाँ नागरिक सरकारका कामकारबाहीप्रति अधिकांश सन्तुष्ट रहेको बताएका जानकारी गराए ।

पिउ रिसर्च सेन्टरले गरेको एक सर्वेक्षणअनुसार करिब ८६ प्रतिशत चिनियाँ नागरिक सरकारका काम कारबाहीहरुप्रति सन्तुष्ट रहेको बताएका थिए ।

विश्वव्यापी रुपमा गरिने यस खालको मापनमा विश्वका बढीमा ४७ प्रतिशत मात्र नागरिक आफ्ना सरकारका काम कारबाहीप्रति सन्तुष्ट हुने गरेकोमा चिनियाँ नागरिकको यो सन्तुष्टिको तह भने धेरै माथि हो ।

वि.सं.२०७६ पुस १ मंगलवार १४:५९ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...