back
CTIZAN AD

विश्वासको भरमा व्याजतिर्ने गरी महाविर पुनलाई ऋण दिने कोही हुनुुहुन्छ ?

वि.सं.२०७६ पुस १ मंगलवार

1.1K 

shares

१ पुष, काठमाण्डौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुुख महाविर पुनले आफ्नो नाममा ४ प्रतिशत ब्याजदरमा ऋण मागेका छन् ।

उनले कोही नेपाली समुह वा अमेरिका, क्यानडा, युरोप, जापान, अष्ट्रेलिया र अन्य देशमा बस्ने नेपालीहरुसँग ऋण माग गर्दै आफूले दुई महत्वपूर्ण कामका लागि ऋणको माग गरेका हुन् ।

उनले ऋण तीनवर्षको लागि माग गरेका छन् भने ऋणको सावा व्याज नेपाली मुद्रामा तिर्ने बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्
बिश्वासको भरमा ४ प्रतिशत बार्षिक ब्याजदरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोहि नेपालीहरु अथवा समुहहरु हुनु हुन्छ अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्ने ? यो ऋण मैले दुईओटा महत्वपुर्ण कामको लागि खोजेको हो. करिब ३ करोड चाहिएको छ. एउटाले नै सबै रकम ऋण दिनु पर्छ भनेको होइन. सकेको ५, १०, २० लाख दिए पनि हुन्छ ।

पहिलो काम नेपालमा नै नभएको पूर्ण रुपमा दुर्गम ग्रामिण समुदायलाइ मात्र फाइदा दिने मोडेलको सामुदायिक पर्यटन अथवा Community Owned Eco-tourismबिकासको लागी हो. यो काम आंशिक रुपमा बिगत १० बर्ष देखी चलीरहेको छ तर यसलाई हामी बढाउन (Scale up) चाहन्छौं । यसको लागि नेपाल सरकार र बैंकहरुसँग सहयोग लिने प्रयास गरियो तर कुनै सहयोग नपाए पछि ऋण खोज्दैछु. यसको बिस्तृत जानकारी चाहिएमा मलाई सम्पर्क गर्नु होला. यसको लागी एक करोड रुपैंया चाहिएको छ ।
दोश्रो काम राष्टिय आविष्कार केन्द्रको लागी एउटा सानो स्केलको “सामानहरु बनाउने कारखाना अर्थात् Manufacturing Plant”  बनाउन जरुरी भएको छ. आविष्कार केन्द्रमा सफलतापुर्बक अनुसन्धान भएका बस्तुहरुलाई सानो स्केलमा उत्पादन गरी बजारमा बेच्न र बजार परिक्षण गर्नको लागि यस्तो प्लान्ट चाहिएको हो । बिभिन्न वित्तीय संस्था र बैंकहरुबाट यस्तो ऋण पाउन गाह्रो भएको हुनाले नरम हृदय भएको दाताहरु संग ऋणको लागी अनुरोध गरेको हो । यसको लागी दुई करोड रुपैंया चाहिएको छ. ।

कोहि हुनु हुन्छ भने मलाई  mahabir@nicnepal.org मा सम्पर्क गर्नु होला. यसो गनु भयो भने देशको उद्धार हुनेछ. ऋण ३ बर्षको लागि हो र साँवा ब्याज नेपाली मुन्द्रामा तिरिनेछ ।

वि.सं.२०७६ पुस १ मंगलवार १५:२४ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...