back

‘संविधान संशोधनभन्दा कार्यान्वयन नै प्रमुख’

वि.सं.२०७३ मंसिर २० सोमवार

765 

shares

२० मङ्सिर,पोखरा । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनभन्दा कार्यान्वयन नै अहिलेको मुख्य दायित्व भएको बताउनुभएको छ ।

पूर्वाञ्चलमा आगामी पुस ८ देखि १५ गतेसम्म हुने सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत पश्चिमाञ्चलस्तरीय खेलाडी छनोट प्रतियोगिताको आज पोखरा रङ्गशालामा उद्घाटन गर्दै उहाँले संविधान संशोधनतिर लाग्यौँ भने देशमा तनाव उत्पन्न हुने र विदेशी हस्तक्षेप बढ्ने विचार व्यक्त गर्नुभयो ।

संविधान कार्यान्वयनमा सबै राजनीतिक दल एकताबद्ध हुन आह्वान गर्दै पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो “यसमा कसैले खुट्टा कमाउनु हुँदैन, संविधान घोषणा गर्न सक्ने तर कार्यान्वयन गर्न किन नसक्ने ?”

नेता खनालले संविधान चाँडो कार्यान्वयन भयो भने देश आर्थिक समृद्धितर्पm अघि बढ्छ भन्दै उहाँले देश समुन्नत भयो भने खेलकुद क्षेत्रमा धेरै बजेट आउन सक्ने र यस क्षेत्रका पूर्वाधार निर्माणमा सघाउ पुग्ने धारणा राख्नुुभयो । खेलकुद क्षेत्र अभैm सरकारको प्राथमिकतामा पर्न नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले यस क्षेत्रमा पर्याप्त साधन स्रोत जुटाइदिन सरकारसँग आग्रह गर्नुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । उक्त छनोट प्रतियोगितामा यस क्षेत्रअन्तर्गत १६ जिल्लाका दुई हजार पाँच सय ८८ खेलाडीको सहभागिता छ । रासस

वि.सं.२०७३ मंसिर २० सोमवार १०:०५ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...