back
CTIZAN AD

‘संविधान संशोधनभन्दा कार्यान्वयन नै प्रमुख’

वि.सं.२०७३ मंसिर २० सोमवार

897 

shares

२० मङ्सिर,पोखरा । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनभन्दा कार्यान्वयन नै अहिलेको मुख्य दायित्व भएको बताउनुभएको छ ।

पूर्वाञ्चलमा आगामी पुस ८ देखि १५ गतेसम्म हुने सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत पश्चिमाञ्चलस्तरीय खेलाडी छनोट प्रतियोगिताको आज पोखरा रङ्गशालामा उद्घाटन गर्दै उहाँले संविधान संशोधनतिर लाग्यौँ भने देशमा तनाव उत्पन्न हुने र विदेशी हस्तक्षेप बढ्ने विचार व्यक्त गर्नुभयो ।

संविधान कार्यान्वयनमा सबै राजनीतिक दल एकताबद्ध हुन आह्वान गर्दै पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो “यसमा कसैले खुट्टा कमाउनु हुँदैन, संविधान घोषणा गर्न सक्ने तर कार्यान्वयन गर्न किन नसक्ने ?”

नेता खनालले संविधान चाँडो कार्यान्वयन भयो भने देश आर्थिक समृद्धितर्पm अघि बढ्छ भन्दै उहाँले देश समुन्नत भयो भने खेलकुद क्षेत्रमा धेरै बजेट आउन सक्ने र यस क्षेत्रका पूर्वाधार निर्माणमा सघाउ पुग्ने धारणा राख्नुुभयो । खेलकुद क्षेत्र अभैm सरकारको प्राथमिकतामा पर्न नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले यस क्षेत्रमा पर्याप्त साधन स्रोत जुटाइदिन सरकारसँग आग्रह गर्नुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । उक्त छनोट प्रतियोगितामा यस क्षेत्रअन्तर्गत १६ जिल्लाका दुई हजार पाँच सय ८८ खेलाडीको सहभागिता छ । रासस

वि.सं.२०७३ मंसिर २० सोमवार १०:०५ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...