back

घरदैलोमै सरकारी सेवा पाएपछि स्थानीयवासी भन्छन्, ‘बल्ल आयो गाउँमा सिंहदरबार’

वि.सं.२०७६ पुस ३ बिहीवार

207 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

३ पुस, जाजरकोट । शारीरिकरुपमा अशक्त भई सदरमुकामसम्म सरकारी सेवा लिन नपाउनेलाई गाउँमै सरकारी सेवा उपलब्ध गराएको छ । जिल्लाका कुशे गाउँपालिका र छेडागाड नगरपालिकाले गाउँ, गाउँमा शिविर राखेर सरकारी सेवा उपलब्ध गराएको हो ।

सदरमुकाम आउने रकमका साथै सहयोगी नहुँदा सरकारी सेवाबाट वञ्चित भएकालाई लक्षित गरी गाउँमा सरकारी सेवा उपलब्ध गराएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । सरकारी सेवा लिनका लागि स्टेचर, डोको तथा गाडीमा सदरमुकाम आउँदा सास्ती भोग्न बाध्य भएका १८ वर्षमुनिका बालबालिका लागि यो शिविर बरदान भएको अध्यक्ष बस्नेतले बताए ।

बालबालिकालाई लक्षित गरी स्वास्थ्य परीक्षण, अपाङ्गता भएकाको पहिचान तथा परिचयपत्र वितरणका लागि सञ्चालन गरेको निःशुल्क घुम्ती शिविरमा कुशे गाउँपालिकाभित्रका १८ वर्षमुनिका २४८ अपाङ्गता भएका बालबालिकाको सहभागिता रहेको गाउँपालिका अध्यक्ष बस्नेतले बताए ।

उनका अनुसार शिविरमा सेवा लिने बालबालिकामध्ये बालक १३९ र बालिका १०९ रहेका छन् । शिविरमा ‘क’ वर्गको अपाङ्गता भएका एक जना, ‘ख’ वर्गको अपाङ्गता भएका १४, ‘ग’ वर्गको अपाङ्गता भएका १६ र ‘घ’ वर्गको अपाङ्गता भएका २२ जना गरी ५३ बालबालिकालाई अपाङ्गताको परिचयपत्र वितरण गरिएको अध्यक्ष बस्नेतले बताए ।

यस्तै आठ बालबालिकाले हिँड्नका लागि सहायक सामग्री पनि पाएको बताइएको छ । बालबालिकालाई प्रदान गरिएको सहायक सामग्रीको लागि नेपाल समाज कल्याण सङ्घ सहयोग गरेको उहाँले जानकारी दिए ।

५८ जना बालबालिकालाई उपचारका लागि जिल्ला बाहिर सिफारिस गरिएको छ । त्यस्तै छेडागाड नगरपालिकाले पनि अपाङ्गता भएका १८ वर्षमुनिका व्यक्तिका लागि गरिएको शिविरमा चेकजाँच गर्दा सात जना ‘क’ वर्ग, सात ‘ख’ वर्ग, १४ ‘ग’ वर्ग र ४१ ‘घ’ वर्ग गरी जम्मा ६७ जनालाई परिचयपत्र वितरण गरिएको मुख्य प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिए ।

“शिविरमार्फत अशक्त भएका व्यक्तिले गाउँमै सरकारी सेवा पाउँदा गाउँमा सिंहदरबार आएको बल्ल अनुभूति भएको छ”, अध्यक्षले बस्नेतले भने, “जनप्रतिनिधि आएपछि गाउँपालिकामा केही विकास भएको छ, सरकारी सेवा सुविधा गाउँमै उपलब्ध गराउने प्रयासमा छौं ।”

गाउँ, गाउँमा भएको स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र पाउँदा स्थानीयवासी खुशी भएका छन् । योभन्दा अगाडि परिचयपत्र लिनका लागि हजारौँ रकम खर्च गरेर सदरमुकाम आउनुपर्ने बाध्यता रहेको थियो ।

वि.सं.२०७६ पुस ३ बिहीवार ११:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
डोल्पामा पिउने पानीको चरम अभाव, महँगोे पानी किनेर खान बाध्य सर्वसाधारण 

डोल्पामा पिउने पानीको चरम अभाव, महँगोे पानी किनेर खान बाध्य सर्वसाधारण 

डोल्पा ।  नदीनाला र मुलको प्रमुख स्रोत भएको जिल्लामै पिउने...

कर्णालीमा पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा

कर्णालीमा पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका परिवारलाई राहत सामग्री प्रदान

यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका परिवारलाई राहत सामग्री प्रदान

मुगु । यार्सा खोज्न मुगुका विभिन्न पाटनमा पुगेका बेला लेक...

मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प

मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प

काठमाडौँ । मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ...

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते

मान्म, (कालीकोट) । कालीकोटको रास्कोट नगरपालिका–५ आरसिपी बजार नजिकै ट्र्याक्टर...

मंगलबार साउन १ गते सार्वजनिक बिदा

मंगलबार साउन १ गते सार्वजनिक बिदा

कर्णाली । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश...