back
CTIZAN AD

सागमा कञ्चनपुरलाई १८ पदक प्राप्त

वि.सं.२०७६ पुस ३ बिहीवार

873 

shares

३ पुस, कञ्चनपुर । कञ्चनपुरबाट दक्षिण एशियाली खेलकूद ( साग)अन्र्तगत कुस्ती खेलमा नेपालकै सबैभन्दा बढी महिला खेलाडी सहभागी भए । सो प्रतियोगिताको कुस्ती खेलमा पदक पनि सम्मानजनक ल्याउँदा कञ्चनपुरको खेलकूद जगतमा नयाँ इतिहास कायम भएको छ ।

विभिन्न सात तौल समूहमा नेपालको प्रतिनिधित्व गर्दै कुस्तीमा सहभागी महिला खेलाडीमध्ये ६ जना भीमदत्तनगरका सहभागी थिए । खेलमा सहभागी ६ मध्ये सङ्गीता धामीले बङ्गलादेशकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेर कुस्तीमा इतिहास रचिन् । बाँकी पाँचजना यहाँका महिला कुस्ती खेलाडीले पनि पदक दिलाएका छन् ।“सबै खेलाडीले स्वदेशमै प्रशिक्षणमा जुटेर कडा मेहनत गरेकै परिणामले पदक ल्याए”, कुस्तीका सहायक प्रशिक्षक राजेन्द्र चन्दले भने,“यो अहिलेसम्मकै ऐतिहासिक पदक हो ।”

त्यसैगरी महिला कुस्तीमा यहाँका शिवाङ्गी दुबे, अम्बिका भण्डारी र निर्मला जागरीले रजत पदक ल्याउन सफल भए । कञ्चनपुरकै कोमल खत्री र मनिशा सिंहले कास्य पदक जिते भने पुरुषतर्फ सुदूरपश्चिम प्रदेशकै प्रतिनिधित्व गरेका कञ्चनपुरका सुरेश चुनाराले पनि कास्य पदक हात पार्न सफल भए । “महिलातर्फ पदक ल्याउने सबै खेलाडी नयाँ नै हुन”, कुस्ती प्रशिक्षक चन्दले भने,“अन्र्तराष्ट्रियस्तरको पहिलो सहभागितामै पदक ल्याउनु सामान्य विषय होइन् ।”

उनले कञ्चनपुरमा कुस्तीका लागि आवश्यक हल र खेल सामग्रीबिनै खेलाडी अन्तर्राष्ट्रियस्तरसम्म पुगेकोमा हर्षित रहेको बताए ।“वृहत् आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा यहाँका महिला खेलाडीले देखाएको प्रदर्शनले नै सागमा पदकबिहीन हुनुपर्दैन भन्ने लागेको थियो ।” उनले भन्नुभयो,“सङ्गीताको स्वर्ण नेपालकै कुस्ती इतिहासमा पहिलो भएको छ ।”

त्यसैगरी जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्ट पनि सागमा यहाँका खेलाडीले ल्याएको पदक र देखाएको प्रदर्शनले सन्तुष्ट छन्र “सागमा यसअघि पनि यहाँका खेलाडीले पदक ल्याएकै हुन”, पदक विजेताको तथ्याङ्क सङ्कलन गरिरहनुभएको कार्यालय प्रमुख भट्टले रासससित भने,“यो पदक हालसम्मकै बढी हो ।” जिल्ला खेलकूद विकास समितिका अनुसार कञ्चनपुरका खेलाडीले चार स्वर्णसहित १८ पदक ल्याएका छन् । कुस्तीमा सङ्गीता धामी, तेक्वान्दोमा वीरबहादुर महरा, उसुमा करनसिंह साउद र ट्राइथलनमा हिमाल टमटाले स्वर्ण जितेका हुन ।

त्यसैगरी भारोत्तलनमा यहाँका खेलाडी विशाल सिंह विष्ट र सागर भण्डारीले रजत पदक जितेको खेलकूद विकास समितिका कार्यालय प्रमुख भट्टले बताए । कराँतेका डिगम्बर पन्तले कास्य, तेक्वान्दोका मनोज मल्ल, फेन्सिङका रमा सिंह र दीपक पाण्डेयले कास्य जिते । कुस्तीमा कोमल खत्री, मनिसा सिंह र ब्याडमिन्टनमा दिपेश धामीले कास्य पदक दिलाउन सफल भए ।

त्यसैगरी समूह खेलमा रजत प्राप्त गर्न सफल महिला भलिबल टिममा पनि कञ्चनपुरका पुनम चन्द र उषा विष्ट सहभागी थिए भने कबड्डी महिलामा पनि जयन्ती बडू, हरिना थापा, मानमती विष्ट, गङ्गा धामी र रविना चौधरी सहभागी रहेको कबड्डीका सहायक प्रशिक्षक विष्णुदत्त भट्टले बताए ।

त्यसैगरी सागमा सहभागी क्रिकेटमा पनि यहाँका खेलाडी सहभागी थिए । क्रिकेटमा डल्ली भट्ट, दिपेन्द्रसिंह ऐरी र विनोद भण्डारी टिममा रहे । नेपालको खो खो महिला तथा पुरुष टिममा पनि कञ्चनपुरका खेलाडीको सहभागिता रहेको जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।

खो खोमा महिलातर्फ पुजा ओड र मानमती धामी तथा पुरुष टिममा सन्तोष बोहरा सहभागी रहेन । “यसअघि सागमा तेक्वान्दोमा चार पटक स्वर्ण जितेर कीर्तिमान बनाएका दीपक विष्ट पनि कञ्चनपुरकै हुन्”, तेक्वान्दो प्रशिक्षक मोहनप्रताव गुरुङले भने,“यस पटक थप यहाँका चार जना खेलाडीले स्वर्ण भित्र्याए ।”

पदक विजेता खेलाडीलाई यहाँका स्थानीय तहले नगदसहित सम्मान गरिरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले पनि यहाँका पदक विजेता खेलाडीलाई सम्मान गर्ने घोषणा गरेको छ । “गृहनगरको सम्मानले खेलाडीको मनोबल उच्च हुन्छ”, कुस्तीमा पदक विजेता खेलाडी सुरेश चुनाराले भने,“अव सुदूरपश्चिमको खेल संरचना निर्माणमा पनि यहाँ जोड दिनुपर्ने अवस्था आएको छ ।”

यसअघिका साग प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, भारोत्तलनलगायतका खेलका खेलाडीले पदक ल्याएका थिए । पाँचांै साग खेलकूद प्रतियोगितामा कास्य पदक जित्नुभएको कञ्चनपुर भारोत्तोलनका सहायक प्रशिक्षक जीवन गौतमले झण्डै १९ वर्षपछि कञ्चनपुरका दुई खेलाडीले भारोत्तोलनमा दुई रजत ल्याएको बताए ।

“मेरो पदकपछि मेरै प्रशिक्षार्थीले अहिले मेडल ल्याए”, गौतमले भन्नुभयो,“खेलकूद प्रतियोगिताका बेला तातेर मात्रै हुदैन अरु बेला पनि खेलाडीको सुविधाका लागि जिल्लादेखि प्रदेश सरकारको ध्यान जानु आवश्यक छ ।” रासस

वि.सं.२०७६ पुस ३ बिहीवार १४:३६ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...