back

कविता : लखनवी गुलाफ

वि.सं.२०७६ पुस ५ शनिवार

507 

shares

उहिले जब म लखनौ पुगेको थिएँ
किशोरवयको उत्सुकतामा
सहरभरि
गुलाफै–गुलाफ फुलेको देखेको थिएं ।

धेरै पछि,
जब प्रियतमाले लखनौबाट सम्झेकी थिइन्,
मैले मागेको थिएं,
लखनवी गुलाफको एक थुङ्गा ।

आज फेरि
बडा इमामबाडाको
त्यही भुलभुलैयामा उभिएर किंकर्तव्यविमूढ छु,

गुलाफले भुल्यो कि मैले भुलें–
लखनौको नबाबीलाई ।
वा मेरि प्रियतमको त्यो गुलाफी थुङ्गाले
मलाई पछ्यायो कि
भुल्यो मलाई नै !

हाल -नाइजेरिया

(रचना मिति- २१ अक्टोबर २०१८, लखनउ, भारत ।)

वि.सं.२०७६ पुस ५ शनिवार १०:१६ मा प्रकाशित

सुसेली

सुसेली

रामशरण न्यौपाने, भक्तपुर चमत्कार छ सुसेलीको कोसेली धुवाँधार छ ।१...

गजल

गजल

नवराज न्यौपाने ’मौन’ सँगै बस्ने थियो आशा टुट्यो है बाध्यताले...

कविता : जाली सबैछन् यता

कविता : जाली सबैछन् यता

उत्तमकुमार पोखरेल सूर्य विनायक, भक्तपुर गर्छाै मोज अझै सके गर...

कविता : निभेछ देशको चुलो

कविता : निभेछ देशको चुलो

कविराज घिमिरे चाँगुनारायण, भक्तपुर उठी बिहान मिर्मिरे पुगेँ त्यहाँ कतै...

मुक्तक

मुक्तक

निर्मलरमण पराजुली सामाखुशी, काठमाण्डौ १. बाबा आमा अलग भए, स्वर्ग...

लघुकथा : मृत्युको मूल्य

लघुकथा : मृत्युको मूल्य

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ल आमा अझ थप...