back
CTIZAN AD

कविता : लखनवी गुलाफ

वि.सं.२०७६ पुस ५ शनिवार

1K 

shares

उहिले जब म लखनौ पुगेको थिएँ
किशोरवयको उत्सुकतामा
सहरभरि
गुलाफै–गुलाफ फुलेको देखेको थिएं ।

धेरै पछि,
जब प्रियतमाले लखनौबाट सम्झेकी थिइन्,
मैले मागेको थिएं,
लखनवी गुलाफको एक थुङ्गा ।

आज फेरि
बडा इमामबाडाको
त्यही भुलभुलैयामा उभिएर किंकर्तव्यविमूढ छु,

गुलाफले भुल्यो कि मैले भुलें–
लखनौको नबाबीलाई ।
वा मेरि प्रियतमको त्यो गुलाफी थुङ्गाले
मलाई पछ्यायो कि
भुल्यो मलाई नै !

हाल -नाइजेरिया

(रचना मिति- २१ अक्टोबर २०१८, लखनउ, भारत ।)

वि.सं.२०७६ पुस ५ शनिवार १०:१६ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...