back
CTIZAN AD

उत्तरकोरियाली राजदूत पुगे नेपाली किसानका बारीमा

वि.सं.२०७६ पुस ५ शनिवार

1.1K 

shares

५ पुस, वेत्रावती, नुवाकोट । नेपालको लागि उत्तरकोरियाका राजदूत जो योङ मेनले नुवाकोटको विभिन्न स्थानका भ्रमण अवलोकन गर्दै यहाँको कृषिखेती एवं माछापालनसम्बन्धी जानकारी लिएका छन् ।

बिहीबार र शुक्रबार नुवाकोटको कृषि क्षेत्रअन्तर्गत माछापालन, कफी र तरकारी खेतीसम्बन्धी जानकारी लिने क्रममा राजदूत मेनले मस्य अनुसन्धान केन्द्र त्रिशूलीको सञ्चालन तथा त्यहाँबाट प्रवाह हुँदै आएको सेवाको जानकारी लिँदै नेपाल र उत्तरकोरियाबीच माछापालनको अनुभवलाई एक अर्कामा आदानप्रदान गर्न सकिए उत्पादन वृद्धि र लागत कम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । “नेपालमा सफलरुपमा उत्पादन भइरहेको र धेरैको रुचिमा पर्ने ट्राउट माछा उत्तरकोरिया सञ्चालन गर्न इच्छा लागेको छ ।” उनले भने “आवश्यक तयारी तथा उत्पादनदेखि बजारीकरणसम्मको अवस्थाको जानकारी लिँदा दुई देशबीच कूटनीतिक पहलमार्फत कृषि क्षेत्रमा साझेदारी कार्यक्रम चलाउन आवश्यक लागेको छ ।”

मस्य अनुसन्धान केन्द्रका प्रमुख ईश्वरीसिंह महतोसहित कार्यालयका प्राविधिकसँग करिब चारघण्टा भएको छलफल र माछापालनको लागि स्थलगत अनुगमनपश्चात् उत्तरकोरियामा उत्पादन हुने माछा र तरकारीखेतीलाई नेपाल भित्र्याउन र यहाँको माछा र तरकारी खेती प्रणालीलाई लैजान आफूले पहल अघि बढाउन चाहेको उनको भनाई छ ।

पछिल्लो समयमा उत्तरकोरियाबाट नेपालमाथि हुँदै आएको सहयोग कार्यक्रम तथा लगानी कमजोर हुँदै गइरहेको अवस्थामा राजदूत मेनले नुवाकोटको मत्स्य अनुसन्धान केन्द्रपश्चात् बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकाको विभिन्न स्थानका किसानको ट्राउट माछापालन र कफीखेतीको अवलोकनपश्चात् दुई राष्ट्रबीच कफी र माछापालन कार्यक्रम सञ्चालनको योजना चलाउन तयारी अघि बढाउने जानकारी दिए ।

उनले मस्य अनुसन्धान केन्द्र र यहाँका किसानले पालन गर्दै आएको ट्राउट, टिलापिया, कमनकार्पलगायत जातका माछा र कफीखेती सञ्चालन गर्न दुई देशबीच समझदारी भएमा यान्त्रीकरणको प्रयोग, कम लागतमा बढी उत्पादन, बिक्रीको लागी विश्व बजार पु¥याएर परम्परागत खेतीलाई व्यावसायिकतर्फ उन्मुख गराउन सकिने प्रतिक्रिया दिए ।

“दुई देशबीच कृषिअन्तर्गत तरकारी, कफी र माछापालन सञ्चालनमा साझेदारी कार्यक्रम चलाउन भ्रमण निकै उपलब्धि रह्यो ।” उनले भने “हामी आत्मनिर्भर कसरी बन्ने भन्नेमा चिन्तित छौँ, यसमा नेपाल पनि हुनुपर्ने देखिन्छ । त्यसका लागि दुई देशबीच सहकार्य आवश्यक छ ।” रासस

वि.सं.२०७६ पुस ५ शनिवार १३:१९ मा प्रकाशित

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...