६ पुस, काठमाडौँ । भुटानी शरणार्थी शिविरमा बाँकी रहेका धेरै नेपालीभाषी शरणार्थी स्वदेश फर्कन चाहन्छन् । तर, नेपाल सरकार र उनीहरुलाई सहयोग गर्ने अन्तराष्ट्रिय संघ संस्थाको योजना भने त्यसतर्फ केन्द्रीत छैन । बरु नेपालमा बाँकी रहेका शरणार्थीलाई नेपालमै स्थानीयकरण गर्ने तयारी भइरहेको छ ।
शरणार्थी हर्कजंग सुब्बा २९ वर्षदेखिका शिविरमा साक्षी हुन् । उनले शिविरमा अनेकौं कष्ट भोगे, भोकभाकै रात पनि बिताए । अहिले उनी उमेरले ७० नाघिसके । उनीसँग अहिले पत्नीमात्र छन् । छोराछोरी, नातिनातिना अमेरिका छन् । उनी रोगी छन् । छोराले कहिलेकाहीँ उपचारका लागि अमेरिकैबाटै केही रकम पठाउँछन् तर उनलाई उताको कुनै मोह छैन ।
आफ्नो भूमि भुटान नै फर्किन चाहन्छन् उनी । एकाघरका ८० जना अमेरिका पुगे पनि उनी भने भुटान फर्कन पाउने आशामा छन् । तर भूटान कहिले फर्किने टुंगो छैन बरु नेपालमै समाहित गर्ने तयारी भएरहेको उनले सुनेका छन् । आइतबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ पुस ६ आइतवार ०८:१४ मा प्रकाशित




























