
६ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको करार शिक्षकको सिराहा र बारा जिल्लाको सूचि सार्वजनिक गरेको छ ।
आयोगले प्राथमिक तह करार शिक्षकको सूची प्रकाशित गर्ने क्रममा शुक्रबार एक सूचना जारी गर्दै २ जिल्लाको प्राथमिक तहको करार शिक्षकको थप सूचि प्रकाशन गरेको हो ।
सिरहा जिल्लामा जम्मा सिफारिस सङख्या ६० र करार सिफारिस सङख्या ३० रहेको छ । त्यस्तै बारा जिल्लामा जम्मा सिफारिस सङख्या ५६ र करार सिफारिस सङख्या २८ रहेको रहेको छ ।
आयोगले खुला प्रतियोगितात्मक परीक्षाद्वारा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापन बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस नभएका निम्न उम्मेद्वारहरुको नाम नामेसी विवरण शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आयोगले प्रकाशन गरेको हो ।
वि.सं.२०७६ पुस ६ आइतवार १०:०३ मा प्रकाशित