back
CTIZAN AD

६ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद !

वि.सं.२०७६ पुस ६ आइतवार

675 

shares

६ पुस, खलङगा । खलङ्गा–पाँचकाटीया–फूलचाउली–बारेकोट हुँदै जुम्ला जोड्ने सडक निर्माणको विवाद सुल्झिएको छ । समयमै वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नहुँदा र सामुदायिक वनको अवरोधले सडक निर्माणको काम छ वर्षदेखि रोकिएको थियो । सर्वपक्षीय बैठकले सडक निर्माण सञ्चालन गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह र जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा भएको छलफलबाट सडक निर्माणका लागि आवश्यक प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

बैठकले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय र डिभिजन वन कार्यालय लगायतलाई तत्काल निर्माणको काम अगाडि बढाउन आवश्यक निर्देशन दिएको छ । छ वर्षअघिको ठेक्काको म्याद थप गरेर तत्काल निर्माण अघि बढाउन निर्देशन दिइएको प्रदेशसभा सदस्य सिंहले बताए  ।

उक्त खण्डको निर्माण अवरुद्ध हुँदा जुम्ला जोड्ने सडक अलपत्र परेको उनको भनाइ छ ।
जाजरकोट–जुम्ला सडकको फूलचाउली खण्डको १८ किलोमिटर निर्माणका लागि सडक डिभिजन कार्यालय, सुर्खेतले २०७० सालमा टेण्डर खोलेको थियो । सडक निर्माणका लागि रौताहा कन्स्ट्रक्सन, उदयपुरले दुई करोड रुपैयाँमा ठेक्का पारे पनि इआइए नहुँदा निर्माण अवरुद्ध भएको थियो ।

सम्झौताको डेढ वर्षपछि इआइए भएपछि ठेकेदारले काम शुरु गर्न खोजेका थिए । खुर्पा सामुदायिक वन उपभोक्ता समूहले अवरोध गरेपछि लामो समय सडक निर्माण रोकिएको थियो । वन समूहको अवरोधपछि तत्कालीन जिल्ला वन कार्यालयले व्यवसायीलाई सडक निर्माण नगर्न निर्देशन दिएको थियो ।

विवादकै क्रममा सम्झौताको अवधि सकिएको कम्पनीका प्रतिनिधि शान्तबहादुर बस्नेतले बताए  । “कार्यक्षेत्रमा वन उपभोक्ताको अवरोध र जिल्ला वन कार्यालयको परिपत्रले काम गर्ने अवस्था आएन”, उनले भने, “अवरोधकै बाबजुद पनि १० किलोमिटर सडक निर्माण गरियो, तर वन क्षेत्रमा सडक निर्माणको काम रोकिएको थियो ।”

वन उपभोक्ता समितिको अवरोध हटेपछि थप कार्यका लागि म्याद थप गर्न निवेदन दिए पनि अस्वीकृत भएपछि निर्माण रोकिएको हो । सडक डिभिजन कार्यालय, चौरजहारीले म्याद थपका लागि गरेको सिफारिस सडक विभागले अस्वीकृत गरेका कारण सडक निर्माणको काम पूरा नभएको निर्माण कम्पनीले जनाएको छ ।

उनका अनुसार १० किलोमिटर सडक निर्माण गरिएपनि रु २८ लाख मात्र भुक्तानी भएको थियो । “सडक कार्यालयले इआइए गरेर मात्र ठेक्का सम्झौता गर्नुपर्ने थियो”, उनले भने, “ठेक्का सम्झौताको सात महिना अवधिलाई नै आधार मानेर म्याद थप नहुँदा सडक निर्माणको काम लामो समयसम्म अलपत्र परेको हो ।”

रौताहा कन्स्ट्रक्सनसँग नै म्याद थप गरी सडक निर्माणको काम तत्काल अगाडि बढाइने सडक डिभिजन कार्यालय, चौरजहारीका इञ्जिनीयर कुशल भुसालले बताए  । उक्त ठेक्कामा निर्माण कम्पनीले २६ प्रतिशत भुक्तानी लिएको उनले जानकारी दिए  ।

त्यस्तै पूर्वाधार विकास कार्यालयले आव २०७५÷७६ मा उक्त सडकखण्डको थप निर्माणका लागि केशव शाह कन्स्ट्रक्सन सेवासँग सम्झौता गरिसकेको छ । कार्यालयका अनुसार रु दुई करोड ७० लाख रुपैयाँमा बाँकी सडकखण्डको काम गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको हो ।

वि.सं.२०७६ पुस ६ आइतवार १४:५६ मा प्रकाशित

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...