back
CTIZAN AD

मकाउका नेपालीका समस्याबारे परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

वि.सं.२०७६ पुस ६ आइतवार

930 

shares

६ पुष, काठमाण्डौं । मकाउमा कार्यरत नेपालीका समस्याबारे परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई ध्यानाकर्षण गराइएको छ ।

कामको सिलसिलामा मकाउमा रहेका नेपालीहरु हङकङको ट्रान्जिट भिसा सहजरुपमा नपाउँदा धेरै वर्षदेखि भोग्दै आएको समस्याबारे परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण गराइएको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद बालकृष्ण खाँड, नेपाल चेम्बर्स अर्फ कर्मश मकाउका अध्यक्ष शुर्दसन थापा मगर, तरुणदलका कोषाध्यक्ष विधान गुरुङलगायतको समुहले आइतबार परराष्ट्रमन्त्रीलाई भेटेर उक्त समस्याप्रति ध्यानाकर्षण गराएको बताइएको छ ।

सोहि अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले यस विषयलाई आफूले गम्भीरताका साथ हेर्ने बताउँदै सम्बन्धीत समस्यालाई कसरी छिटो र सहज तरिकाले समाधान गर्ने विषयमा पहल थाल्ने बताएको नेपाल चेम्बर्स अफ कर्मश मकाउका अध्यक्ष शुदर्सन थापा मगरले संसारन्युजलाई जानकारी दिएका छन् ।

स्मरण रहोस्, सांसद् खाँडले यसभन्दा अघि पनि यस विषयमा संसद्को ध्यानाकर्षण गराएका थिए ।

वि.सं.२०७६ पुस ६ आइतवार १६:१९ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...