६ पुस, काठमाडौँ । गुल्मी जिल्ला वार अध्यक्षमा गोपाल खनाल सर्वसम्मत निर्वाचित भएका छन् । तेह्र सदस्यीय कार्य समितिमा अध्यक्ष खनाल सहित ७ जना प्रगतीशील प्यानलबाट सर्वसम्मत भएका छन् ।
यसैगरी उपाध्यक्ष लक्ष्मण सापकोटा सहित ६ जना प्रजातान्त्रीक समुहबाट सर्वसम्मत भएको नवनिर्वाचित सहसचिव भगवती पाण्डे सीतलले जानकारी दिएकी छन् ।
पाण्डेका अनुसार अध्यक्ष खनाल सहसचिव पाण्डे र कोषाध्यक्ष वेद प्रसाद कुँवर प्रगतिशील प्यानलबाट सर्वसम्मत भएका छन् । उपाध्यक्ष सापकोटा र सचिव हरी अर्याल प्रजातान्त्रीक समुहबाट सर्वसम्मत निर्वाचित भएका हुन् ।
सदस्यहरुमा गणेश श्रीपाली, हिरा एसी, चिरन्जिवी शर्मा र टुक बहादुर कुँवर प्रगतीशील प्यानलबाट सर्वसम्मत भएको पान्डेले बताएकी छन् । पान्डेका अनुसार प्रेमराज आचार्य विनोद पान्डे गुणनिधी शर्मा र भीमलाल न्यौपाने प्रजातान्त्रिक समुहबाट सर्वसम्मत भएका छन् । यसैगरी २ जना पार्सदमा वोमलाल भण्डारी र विष्णु प्रसाद बलाल चयन भएका छन् । जिल्ला वारको पहिलो बैठकले युवा सदस्य भगवती पाण्डे, सितललाई सहसचिवको जिम्मेवारी दिइएको छ ।
वि.सं.२०७६ पुस ६ आइतवार १६:३५ मा प्रकाशित




























