back

ती मुसलमान थिए

वि.सं.२०७६ पुस ९ बुधवार

210 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

तिनीहरूले आफ्ना घोडाहरू सिन्धुमा उतारे
र पुकारिरहे हिन्दू ! हिन्दू !! हिन्दू !!!
ठूलो जातिलाई उनीहरूले ठूलै नाम राखे
नदीको नाम राखे
ती हरेक गहिरा र अविरल नदीलाई
पार गर्न चाहन्थे
ती मुसलमान थिए !

ती फ़ारसबाट आए
तूरानबाट आए
समरकन्द, फ़रग़ना, सीस्तानबाट आए
तुर्किस्तानबाट आए
ती धेरै टाढाबाट आए
फेरि पनि ती पृथ्वीकै कुनै हिस्साबाट आए
ती आए किन कि ती आउन सक्दथे
ती मुसलमान थिए…..!

यदि सत्यलाई सत्य जसरी भन्ने हो भने
सत्यलाई सत्य जसरी नै सुन्नु पनि पर्छ
ती प्रायः यस्ता खाले हुने गर्थे
कि प्रायः बुझ्न पनि गाह्रो थियो
ती मुसलमान थिए या थिएनन्
ति मुसलमान थिए !

ती हुदैनथे भने लखनऊ हुन्थ्यो होला
आधा इलाहाबाद हुदैनथ्यो होला
मेहराबहरू हुदैनथे, गुम्बद हुदैनथ्यो
आदाब हुदैनथ्यो
मीर मक़दूम मोमिन हुदैनथ्यो
शबाना हुदैनथ्यो
ती न नभएको भए
उपमहाद्वीपको संगीत सुन्ने ख़ुसरो हुदैनथ्यो
ती न नभएको भए
पूरै देशको पिरले बेचैन हुने कबीर हुदैनथे
ती नभएको भए
भारतीय उपमहाद्वीपको दुखलाई भन्ने ग़ालिब हुदैनथे
मुसलमान नभएको भए अट्ठार सय सन्ताउन्न हुदैनथ्यो
ती थिए र त चचा हसन थिए
ति थिए र त चङ्गाहरूले रंगीन भएको आकास थियो
ती मुसलमान थिए

ती मुसलमान थिए र हिन्दुस्तानमा थिए
र तिनका नातेदार पाकिस्तानमा थिए
ती सोच्थे कि खास ती एक पटक पाकिस्तान जान सक्छन
ति सोच्थे र सोचेर डराउँथे
इमरान ख़ानलाई देखेर ती खुसी हुन्थे
ती खुसी हुन्थे र खुसी भएर डराउँथे
तो जति पी.ए.सी. का सिपाहीसँग डराउँथे
त्यति नै ही रामसँग
ती मुरादाबादसँग डराउँथे
ती मेरठसँग डराउँथे
ती भागलपुरसँग डराउँथे
ती सोझा थिए तर डराउँथे
ती पवित्र रङ्गहरूसँग डराउँथे
ती आफू मुसलमान भएकोमा डराउँथे
ती प्यालेस्टाइनी थिएनन्
तर
आफ्नो घरलाई लिएर घरमा
देशलाई लिएर देशमा
आफैंसँग आश्वस्त थिएनन्
ती उखेलिएका राग-द्वेष थिए
ती मुसलमान थिए!

ती कपडा बुन्दथे
ति कपडा सिलाउँथे
ती ताल्चा बनाउँथे
ती बाक्सा बनाउँथे
तिनीहरूको श्रमको आवाज
पूरै सहरमा गुञ्जिरहन्थ्यो
ती सहरबाट बाहिर बस्दथे
ती मुसलमान थिए
तर
दमस्कस तिनीहरूको सहर थिएन
ती मुसलमान थिए अरवको पेट्रोल उनीहरूको थिएन
ती दजलाको हैन यमुनाको पानी पिउँथे
ती मुसलमान थिए !

ती मुसलमान थिए त्यसैले जोगिएर निस्कन्थे
ती मुसलमान थिए त्यसैले केही भन्दा हिच्किचाउँथे
देशका अधिकाङ्श अखवार यसो भन्थे
मुसलमानको कारण नै कर्फ्यु लाग्ने गर्छ
कर्फ्यु लाग्थ्यो र एक पछि अर्को घटनाको खवर आउँथ्यो
उनका महिलाहरूले
बिना कारण मारपिट खान्थे
बच्चाहरू पर्खालहरूमा टाँस्सिएर बस्थे
ती मुसलमान थिए !

ती मुसलमान थिए त्यसैले
खिया लागेको ताल्चा जस्तै ती खुल्दैनथे
ती यदि पाँच पटक नमाज पढ्थे भने
त्यो भन्दा कैयन बढी पटक
टाउको ठोक्थे
ती मुसलमान थिए !

ती सोध्न चाहन्थे( यो लालकिल्लालाई हामी के गरौं
ती सोध्न चाहन्थे( यो हुमायूंलाई र मकबरालाई हामी के गरौं
हामी के गरौं यो मस्जिदलाई
जसको नाम
कुव्वत-उल-इस्लाम हो
इस्लामको शक्ति हो
अदुवा जस्तै ती धेरै पिरा थिए
ती मुसलमान थिए !

ती सोच्थे कतै अन्यत्रै जाऊँ
तर नहीं जान सक्दैनथे
ती सोच्थे यहीं बसौं
फेरि बस्न सक्दैनथे
ती आधा रेटिएको खसी जस्तै पीडाको झड्काको महसूस गर्थे
ती मुसलमान थिए त्यसैले
आँधीमा फसेको जहाजका यात्रीजस्तै
एक अर्कालाई समाएर बस्थे
केही मान्छेहरूले यस्तो बहस चलाएका थिए(
यिनीहरूलाई फ्याँक्ने हो भने
कुन समुद्रमा फ्याँक्ने होला
बहस यस्तो थियो
तिनीहरूलाई घँचेट्ने हो भने
कुन पहाडबाट धकेल्ने होला
ती मुसलमान थिए तर ति कमिला थिएनन्
ती मुसलमान थिए ती कुखुरा थिएनन्
सावधान !
सिन्धुको दक्षिणमा
सयौं वर्षको बसोबासपछि
माटोका डल्ला थिएनन् ती
ती चट्टान र ऊन जस्तै यथार्थ थिए
ती सिन्धु र हिन्दुकुश जस्तै यथार्थ थिए
सत्यलाई जसरी पनि बुझ्न सकिन्छ
त्यसै गरी ती यथार्थ थिए
ती सभ्यताका अनिवार्य नियम थिए
ती मुसलमान थिए हल्ला थिएनन्
ती मुसलमान थिए
ती मुसलमान थिए
ती मुसलमान थिए….

(देवीप्रसाद जी) मकबरा. मुस्लिमहरूले चिहान ( कब्र) माथि बनाउँने घर
हमायूं .दोश्रो मुगल सम्राट ( नाशिर उद्दिन महम्मद)
दजला. नदीको नाम टाइग्रिस नदी
दमस्कस. सिरियाको राजधानी सहर

(देवि प्रसाद जीको कवितालाई हिन्दीबाट अनुवाद गरी प्रस्तुत गरेको छु )

वि.सं.२०७६ पुस ९ बुधवार १२:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
तीनसय चारमध्ये मदन पुरस्कारका लागि  छानिय यी पाँच कृति

तीनसय चारमध्ये मदन पुरस्कारका लागि छानिय यी पाँच कृति

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि...

लघुकथा : तरकारीको स्वाद

लघुकथा : तरकारीको स्वाद

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ’तिमीले पकाएको तरकारीको स्वाद किन यत्ति...

लघुकथाः अपकृत

लघुकथाः अपकृत

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर पितृलोकमा मातृपितृ आत्माहरू उत्साहमा...

कविता : जीवन बुझ्नै गाह्रो छ

कविता : जीवन बुझ्नै गाह्रो छ

विदुर अधिकारी, रामपुर, चितवन शान्ति धरामा, भाग्दै छ क्रोध असाध्यै,...

मु्क्तक

मु्क्तक

बाबुराम न्यौपाने 'उत्स'दमक, झापा १. लेखक साहित्यकार नत कार्यकर्ता नत...

सुसेली

सुसेली

उत्तम शर्मा 'दर्शन' पाँचखाल, काभ्रे १ युवा जोसमा गरौं काम...