back
CTIZAN AD

के तपाईलाई थाहा छ दिगो विकास लक्ष्यहरु के हुन् ?

वि.सं.२०७६ पुस ११ शुक्रवार

2.2K 

shares

दिगो विकासका लक्ष्यहरू (एसडिजीहरू) भविष्यको अन्तर्राष्ट्रिय विकाससँग सम्बन्धित रहेको लक्ष्यहरूको समूह हो । तिनिहरूलाई संयुक्त राष्ट्र संघले सृजना गरी यसलाई दिगो विकासको लागि विश्वव्यापी लक्ष्यहरूको रूपमा प्रवर्द्धन गरिएको हो । तिनिहरूले २०१५ को अन्त्यमा समाप्त भएको सहस्राब्दी विकासका लक्ष्यहरूलाई प्रतिस्थापन गरेको थियो । एसडिजीज् २०१५ देखि २०३० सम्म चालू रहने छ ।

दिगो विकास लक्ष्यहरूलाई सर्वप्रथम सन् २०१२ (रिओ +२०) जुनमा रिओदेजेनरियोमा भएको दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा औपचारिक रूपमा छलफल गरिएको थियो भने त्यसपछि सेप्टेम्बर २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा यसबारेमा छलफल भएको थियो ।

सहस्राब्दी विकास लक्ष्यहरूलाई प्रतिस्थापन गर्ने गरी पृथ्वी, मानिस र तिनीहरूको समृद्धिको निम्ति एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गरी विश्वव्यापी रूपमा सहमति गरिएका विकासका साझा खाका नै दिगो विकास लक्ष्यहरू हुन् ।

सहस्राब्दी विकास लक्ष्य हासिल गरिसक्ने समयभन्दा अगाडि दिगो विकास लक्ष्यहरूका निम्ति संयुक्त राष्ट्रसङ्घको खुला कार्य समूहले सन् २०१६ देखि २०३० सम्मका लागि दिगो विकासका १७ ओटा लक्ष्यहरू र १६९ ओटा परिमाणात्मक लक्ष्यहरू भएको एउटा सूची प्रस्ताव ग¥यो ।
एसडीजीको उद्देश्य सन् २०३० सम्ममा गरिबीको अन्त्य गर्नु हो । चरम गरिबी लगायत गरिबीका सबै स्वरूप तथा आयामहरूको उन्मूलन गर्नु विश्वको सबैभन्दा ठूलो चुनौती रहेको छ र दिगो विकासका लागि गरिबीको अन्त्य एउटा अपरिहार्य आवश्यकता बनेको छ । सबैका लागि मानवअधिकार प्राप्त गर्ने र सबै महिला तथा बालिकाका लागि लैङ्गिक समानता तथा सशक्तीकरण हासिल गर्नु तिनको उद्देश्य रहेको छ । यी लक्ष्यहरू एकीकृत तथा अविभाज्य छन् र तिनले दिगो विकासका तीन आयाम– आर्थिक, सामाजिक र वातावरणीय– लाई सन्तुलित गर्दछन् ।

विश्वका सबै सरकारहरुले प्रतिबद्धता जनाएका ती विकास लक्ष्यहरुले सन् २०३० सम्ममा सबै प्रकारका गरिबी र भोकमरी उन्मुलन गर्ने देखि विपदसँग जुध्ने क्षमता मजबुत बनाउने सहित १७ वटा उद्देश्य राखेका छन्।

१)गरिबीको अन्त्य
सबै प्रकारका गरिबीलाई सबै ठाउूबाट अन्त्य गर्ने ।

  • कुनै पनि प्रकारको गरिबीमा बाँचेका मानिसहरूको अनुपातलाई कम्तीमा आधा कम गर्ने,
  • सबैका लागि सामाजिक संरक्षण प्रणाली र उपाय लागु गर्ने र गरिब तथा जोखिममा रहेकाहरूलाई उल्लेख्यरूपमा समेट्ने,
  •  गरिब र जोखिमपूर्ण स्थितिमा रहेका मानिसहरूको सामना गर्ने क्षमताका निर्माण गर्ने र वातावरणसँग सम्बन्धित विपत्तिजन्य प्रकोप तथा अन्य आर्थिक, सामाजिक र वातावरणीय असर तथा विपद्सँगको उनीहरूको संसर्गलाई न्यून गर्ने ।

२) शून्य भोकमरी
भोकमरीको अन्त्य गर्ने, खाद्यसुरक्षा तथा उन्नत पोषण हासिल गर्ने र दिगो कृषिको प्रबद्र्धन गर्ने ।

  • सबै प्रकारका कुपोषणको अन्त्य गर्ने र किशोरी, गर्भवती तथा सुत्केरी महिला र अन्य व्यक्तिका पोषणसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने,
  • विकासोन्मुख देशहरूमा कृषि उत्पादकत्व क्षमता वृद्धि गर्न ग्रामीण पूर्वाधार, कृषि अनुसन्धान, प्रविधि विकास, वनस्पति तथा चौपायाको जिन बैंक स्थापनामा लगानी वृद्धि गर्ने,
  • खाद्य मूल्यको चरम अस्थिरतालाई सीमित गर्नमा मद्दत पु¥याउन खाद्यवस्तु बजार र तत्सम्बन्धी कारोबारहरूको समुचित सञ्चालन हुने गरी उपायहरू अवलम्बन गर्ने ।

३) आरोग्यता तथा कल्याण
स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवद्र्धन गर्ने ।

  • नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकाको रोक्न सकिने मृत्युको अन्त्य गर्ने,
  •  परिवार नियोजनलगायत यौन तथा प्रजनन्सम्बन्धी स्वास्थ्यसेवा र सूचना तथा शिक्षामा सर्वसुलभ पहुँचका साथै तथा प्रजनन् स्वास्थ्यलाई राष्ट्रिय रणनीति तथा कार्यक्रममा समायोजन गर्ने कार्यलाई सुनिश्चित गर्ने,
  • सर्बसुलभ स्वास्थ्यसेवा, गुणस्तरीय स्वास्थ्यसेवामा पहुँच तथा सबैका लागि सुरक्षित, प्रभावकारी, गुणस्तरीय र उचितमूल्यमा अत्यावश्यक औषधी तथा खोपहरूमा पहुँच हासिल गर्ने ।

४) गुणस्तरीय शिक्षा
सबैका लागि समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने तथा आजीवन सिकाइलाई प्रवद्र्धन गर्ने ।

  •  सबै किशोर तथा किशोरीहरूले निःशुल्क, समतामूलक तथा गुणस्तरीय प्राथमिक तथा माध्यमिक शिक्षा प्राप्त गर्ने कुरालाई सुनिश्चित गर्ने,
  • शिक्षामा लैङ्गिक असमानताको उन्मूलन गर्ने र अपाङ्गता भएका व्यक्तिलगायत जोखिममा रहेका व्यक्तिहरू, आदिवासी तथा जनजाति र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई सबै तहको शिक्षा तथा व्यावसायिक तालिममा समान पहुँच सुनिश्चित गर्ने,
  • दिगो विकास तथा दिगो जीवनशैली, मानवअधिकार, लैङ्गिक समानता, शान्ति तथा अहिंसाको संस्कृतिको प्रवद्र्धन, वैश्विक  नागरिकता, र सांस्कृतिक विविधताको सराहनाका लागि शिक्षालगायतका माध्यमबाट सिक्न चाहने सबैले दिगो विकास प्रवद्र्धनका लागि आवश्यक ज्ञान तथा सीप प्राप्त गर्ने कुरालाई सुनिश्चित गर्ने ।

५) लैङ्गिक समानता
लैङ्गिक समानता हासिल गर्ने र सबै महिला तथा शोरीहरूको सशक्तीकरण गर्ने ।

  • ओसारपसार तथा यौनशोषणलगायत सार्वजनिक तथा निजी क्षेत्रहरूमा सबै महिला तथा किशोरीबिरुद्ध हुने सबै प्रकारका हिंसाको उन्मूलन गर्ने,
  •  राजनीतिक, आर्थिक तथा सार्वजनिक जीवनका सबै निर्णायक तहमा नेतृत्वका लागि महिलाहरूको प्रभावकारी सहभागिता तथा समान अवसर सुनिश्चित गर्ने,
  • सबै तहमा लैङ्गिक समानता र महिला तथा किशोरीहरूको सशक्तीकरणको प्रवद्र्धनका लागि नीति तथा कानुनहरूको अवलम्बन गर्ने र तिनलाई सबल बनाउने ।

६) सफा पानी तथा सरसफाइ
सबैका लागि सफा पानी तथा सरसफाइमा पहँचु सुनिश्चित गर्ने ।

  • सबैका लागि सुरक्षित तथा खर्चले धान्न सक्ने मूल्यमा पिउने पानीमा सर्वसुलभ तथा समतामूलक पहुँच हासिल गर्ने,
  • सबैका लागि पर्याप्त तथा समतामूलक सरसफाइ र स्वच्छतामा पहुँच हासिल गर्ने र खुला ठाउँमा दिसा गर्ने चलनको अन्त्य गर्ने,
  • पानी तथा सरसफाइ व्यवस्थापनको सुधारका लागि स्थानीय समुदायहरूको सहभागितालाई साथ दिई त्यसलाई अझ सबल बनाउने ।

७) खर्चले धान्न सक्ने स्वच्छ ऊर्जा
सबैका लागि खर्चले धान्न सक्ने, भरपर्दो, दिगो तथा आधुनिक ऊर्जामा पहुँच सुनिश्चित गर्ने ।

  • खर्चले धान्न सक्ने, भरपर्दो र आधुनिक ऊर्जा सेवामा सर्वसुलभ पहुँच सुनिश्चित गर्ने,
  • सन् २०३० सम्ममा विश्वव्यापी ऊर्जाको उपलब्धतामा नवीकरणीय ऊर्जाको अंशलाई उल्लेख्यरूपमा वृद्धि गर्ने,
  •  नवीकरणीय ऊर्जा, ऊर्जा बचत तथा त्यसको व्यवस्थापन र अत्याधुनिक तथा स्वच्छ जीवाश्म इन्धन प्रविधिहरूलगायत स्वच्छ ऊर्जा अनुसन्धान तथा प्रविधिहरूमा हुने पहुँचलाई सहज तुल्याउन र ऊर्जा पूर्वाधार तथा स्वच्छ ऊर्जा प्रविधिमा लगानी प्रवद्र्धन गन अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने ।

८) मर्यादित काम तथा आर्थिक वृद्धि
सबैका लागि समावेशी तथा दिगो आर्थिक वृद्धि, रोजगारी तथा मर्यादित कामको प्रवद्र्धन गर्ने ।

  • अति कम विकसित मुलुकहरूमा राष्ट्रिय परिस्थितिअनुसार प्रतिव्यक्ति आर्थिक वृद्धि र कम्तीमा ७ प्रतिशत वार्षिक कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धि कायम राख्ने,
  • सबै महिला र पुरुषका लागि पूर्ण एवं उत्पादनशील रोजगारी तथा मर्यादित कामका साथै समान कामका लागि समान ज्याला हासिल गर्ने,
  •  दिगो पर्यटन प्रवद्र्धनका लागि नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर्ने जसबाट रोजगारी सिर्जना हुनुका साथै स्थानीय संस्कृति तथा वस्तुहरूको उत्पादन प्रवद्र्धन हुन्छ ।

९) उद्योग, नवीन खोज र पूर्वाधार
बलियो पूर्वाधार निर्माण गर्ने, औद्योगिकीकरणलाई दिगो बनाउने तथा नवीन खोजलाई प्रोत्साहन गर्ने ।

  • आर्थिक विकास र मानव कल्याणलाई सघाउ पु¥याउन दिगो तथा बलियो पूर्वाधार विकास गर्ने,
  •  समावेशी तथा दिगो औद्योगिकीकरणलाई प्रवद्र्धन गर्ने र राष्ट्रिय परिस्थितिअनुसार रोजगारी तथा कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा उद्योगको अंशलाई उल्लेख्य मात्रामा वृद्धि गर्ने र अति कम विकसित देशहरूमा यसको अंश दोब्बर गर्ने,
  •  धान्न सकिने कर्जालगायतका वित्तीय सेवाहरूमा लघु उद्योग तथा अन्य उद्यमहरूको पहुँच वृद्धि गर्ने र मूल्य शृङ्खला तथा बजारमा तिनको समायोजन गर्ने ।

१०) न्यून असमानता
देशभित्रै वा देशहरूबीच रहेको असमानतालाई न्यून गर्ने ।

  •  उमेर, लिङ्ग, अपाङ्गता, जातीयता, उत्पत्ति, धर्म वा आर्थिक वा अन्य हैसियत जेसुकै भए तापनि सबैका लागि सामाजिक तथा राजनीतिक समावेशितालाई प्रवद्र्धन गरी त्यसलाई सशक्त पार्ने,
  • विभेदपूर्ण कानुन, नीति र प्रचलनहरूको अन्त्य तथा तत्सम्बन्धी उपयुक्त कानुन, नीति र प्रचलनको प्रवद्र्धन गर्नेलगायतका काम गरी सबैलाइ समान अवसर सुनिश्चित गर्ने र परिणाममा असमानता कम गर्ने,
  • क्रमशः बृहत्तर समानता हासिल गर्न वित्तीय, ज्यालासम्बन्धी र सामाजिक संरक्षण नीतिहरू अवलम्बन गर्ने ।

११)दिगो सहर र समुदायहरू
सहरहरूलाई समावेशी, सुरक्षित, सबल र दिगो बनाउने ।

  • पर्याप्त, सुरक्षित तथा खर्चले धान्न सक्ने आवास र आधारभूत सेवाहरूमा सबैको पहुँच सुनिश्चित गर्ने र झुपडवस्तीहरूको स्तरोन्नति गर्ने,
  • सडक सुरक्षामा सुधार गर्दै सुरक्षित, धान्न सकिने, सहज र दिगो यातायात व्यवस्थामा पहुँच उपलब्ध गराउने,
  • विपद्का कारण हुने मृत्यु, प्रभावित व्यक्तिहरूको सङ्ख्या र आर्थिक क्षतिलाई उल्लेख्यरूपमा कम गर्ने ।

१२) जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन
दिगो उपभोग तथा उत्पादनको ढाँचा सुनिश्चित गर्ने ।

  • प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन तथा चुस्त प्रयोग हासिल गर्ने,
  •  स्रोतमै फोहोरको कम उत्पादन, न्यूनीकरण, पुनर्उत्पादन (रिसाइकल) र पुनःप्रयोग मार्फत् फोहोर उत्पादनमा उल्लेख्यमात्रामा कमी ल्याउने,
  •  दिगो विकास र जीवनशैलीबारे सबै ठाउँका मानिसहरूमा आवश्यक जानकारी र सचेतना होस् भन्ने सुनिश्चित गर्ने ।

१३) जलवायु सम्बन्धी कारबाही
जलवायु परिवर्तन तथा यसका प्रभावहरूविरुद्ध लड्न तत्काल कारबाही थाल्ने।

  • सबै मुलुकमा प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमहरूको सामना गर्नसक्ने र अनुकूलन क्षमता वृद्धि गर्ने,
  •  जलवायु परिवर्तनसम्बन्धी उपायहरूलाई राष्ट्रिय नीति, रणनीति र योजनाहरूमा समायोजन गर्ने,
  • जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन, प्रभाव न्यूनीकरण तथा पूर्व चेतावनी दिने सम्बन्धमा शिक्षा, जनचेतना अभिवृद्धि र संस्थागत क्षमतामा सुधार गर्ने ।

१४) जलमुनिको जीवन
समुद्र, महासागर र समुद्री स्रोतहरूको संरक्षण तथा दिगो प्रयोग ।

१५) जमिनमाथिको जीवन
वनको दिगो व्यवस्थापन गर्ने, मरुभूमीकरणविरुद्ध लड्ने, भूक्षयीकरण रोकेर त्यस्तो प्रक्रियालाई उल्ट्याउने तथा जैविक विविधताको क्षतिलाई रोक्ने ।

  •  सन् २०२० सम्ममा, मरुभूमीकरणविरुद्ध लड्ने र खडेरी तथा बाढीप्रभावित भूमिलगायत अन्य भूमि तथा माटोमा आएको ह्रासलाई सुधार गरी पहिलेकै अवस्था पु¥याउने,
  •  दिगो विकासका लागि अत्यावश्यक लाभहरू उपलब्ध गराउने हिमाली पारिस्थितिकीय प्रणाली (इकोसिस्टम)को क्षमता अभिवृद्धि गर्न जैविक विविधतासहित तिनको संरक्षण सुनिश्चित गर्ने,
  •  संरक्षित जीवजन्तु तथा वनस्पतिको चोरीसिकार तथा अवैध ओसारपसार अन्त्य गर्न तत्काल कारबाही थाल्ने ।

१६) शान्ति, न्याय र सशक्त संस्थाहरू
न्यायपूर्ण, शान्तिपूर्ण र समावेशी समाजहरूको प्रवद्र्धन गर्ने ।

  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा कानुनी शासनको प्रवद्र्धन गर्ने र सबैका लागि न्यायमा समान पहुँच सुनिश्चित गर्ने,
  •  सबै प्रकारका भ्रष्टाचार तथा घुसखोरीलाई उल्लेख्यमात्रामा घटाउने.
  • जन्म दर्तालगायतको कानुनी पहिचान सबैलाई प्रदान गर्न ।

१७) यी लक्ष्यका लागि साझेदारी
दिगो विकासका लागि विश्वव्यापी साझेदारीलाई पुनर्जीवन दिने ।

  • कर तथा अन्य राजश्व सङ्कलनका लागि आन्तरिक क्षमतालाई सुधार गर्न आन्तरिक स्रोत परिचालनलाई बलियो बनाउने,
  •  उत्तर–दक्षिण, दक्षिण–दक्षिण तथा त्रिकोणीय क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोग तथा विज्ञान, प्रविधि र नवीन खोजअनुसन्धानमा पहुँच अभिवृद्धि गर्ने,
  • सबै दिगो विकास लक्ष्यहरूको कार्यान्वयनका लागि राष्ट्रिय योजनाहरूलाई सहयोग गर्न विकासोन्मुख मुलुकहरूमा प्रभावकारी तथा लक्ष्यित क्षमता निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने ।

सहस्राब्दी विकास लक्ष्यहरूको सापेक्षिक सफलतामा आधारित रहेर दिगो विकासका लक्ष्यहरूलाई सन् २०३० सम्ममा अवलम्बन गर्न र हासिल गर्न नेपाल लगायत संयुक्त राष्ट्रसंघका १९३ राष्ट्रहरुले प्रतिबद्धता गरेका छन्।
(स्रोत :यूएनडीपी तथा राष्ट्रिय योजना आयोग )

वि.सं.२०७६ पुस ११ शुक्रवार १०:३७ मा प्रकाशित

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...