back

जनप्रतिनिधी देख्दा जनतालाई ग्लानी नहोस्  – सांसद पन्थी

वि.सं.२०७६ पुस ११ शुक्रवार

321 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

११ पुस, बुटवल । पछिल्लो समय जन प्रतिनिधिहरु माथि विभिन्न आरोप लागिरहेका बेला गुल्मी दुइनम्बर क्षेत्र प्रदेस ख बाट निर्वा्चित प्रदेश पाँचका प्रदेश सांसद दिनेश पन्थीले जनतालाई जनप्रतिनिधी देख्दा ग्लानी नहुने गरी जनताको काम गर्नुपर्ने बताएका छन् ।

शनिबार बुटवलमा भनभने ९गुल्मी० सम्पर्क समाज रुपन्देहीले आयोजना गरेको चौंथो साधारण सभा तथा “भनभने महिमा” स्मारिकाको बिमोचन कार्यक्रममा सभासद पन्थीले उक्त कुरा बताएका हुन् । मुलुकले विभिन्न आन्दोलन छिचोल्दै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको र संघियता कार्यन्वयन चरणमा रहेकोले यसलाई परिणाममुखी बनाउनका लागि राज्यका तीनवटै तहबाट निर्वा्चित जनप्रतिनिधीहरु इमान्दारपूर्वक काम गर्नुपर्ने बताएका छन् ।

पन्थीले प्रदेश र स्थानीय तहले सोचे अनुरुप राजस्व संकलन र आन्तरिक श्रोत परिचालन गर्न नसक्दा कतिपय अवस्थामा सीमित बजेटबाट काम गर्नुपर्ने भएकोले शिक्षा, स्वास्थ्य र धर्म संस्कृति संरक्षणमा यस्ता खालका सामाजिक संघ संस्थाको महत्वपूर्ण भुमिका रहने समेत बताए ।पछिल्लो समय सहरतिर बढ्दो बसाइ सराइलाइ लक्षित गर्दै गाउमा पनि अवसरहरु सिर्जना गरि रोजगारीको बातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

गुल्मीको मदाने गाउँपालिका वडा नम्बर सात भनभनेबाट रुपन्देहीमा आएर विभिन्न पेशा व्यवसायमा आबद्ध भनभनेलीहरुले भनभने (गुल्मी ) सम्पर्क समाज मार्फत त्यहाँको दिपक मा।वि। भनभनेको लागि प्लस टु सञ्चालानार्थ सहयोग स्वरुप तीनलाख एकतिस हजार चार सय सैतिस रुपैया विद्यालयका प्राचार्य तारा बहादुर राउतलाई प्रमुख अतिथि सांसद पन्थी मार्फत हस्तान्तरण गरेको छ भने भनभनेमा रहेको धार्मिक स्थल अनुष्कामा रहेको दोस्रो स्वर्गद्वारी भनेर चिनिने मन्दिरको संरक्षण सम्बद्र्धनका लागि यसका संरक्षक पण्डित मुरलीधर पन्थीलाई चालिस हजार हस्तान्तरण गरेको छ ।

भनभनेको सांस्कृतिक धार्मिक शैक्षिक र त्यहाँको भु–अवस्थितिलाई समेटेर तयार पारिएको “भनभने महिमा” नामक पुस्तकको सांसद दिनेश पन्थी, वडा अध्यक्ष काँशी बहादुर बोहोरा र दिपक माविका प्राचार्य तारा बहादुर राउतले संयुक्त रुपमा बिमोचन गरेका थिए । पुस्तकले व्यक्त गरेका र समेटेका विषय वस्तुमाथि प्रधान सम्पादक विष्णु घर्तिले प्रकास पारेका थिए ।

वि.सं.२०७६ पुस ११ शुक्रवार १२:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

दमौली (तनहुँ) । तनहुँको बन्दीपुर गाउँपालिका-५ फलाम डाँडामा चितुवाको आक्रमणबाट...

पिपरामा  ट्याक्टर दुर्घटना हुँदा २७ जना घाइते

पिपरामा  ट्याक्टर दुर्घटना हुँदा २७ जना घाइते

जलेश्वर । महोत्तरीको पिपरामा ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार २७...

सेनाले भन्यो-रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत छैन

सेनाले भन्यो-रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत छैन

काठमाडौँ । नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर (जन्ममिति) का...

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको अनुरोध

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध ‘च्यानल’ को...

मेलम्चीको पानी वितरणमा प्राथमिकता दिन मन्त्री यादवको निर्देशन

मेलम्चीको पानी वितरणमा प्राथमिकता दिन मन्त्री यादवको निर्देशन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई...