back

फुङलिङमा सन्राइज बैंकको १२९ औं शाखा विस्तार

वि.सं.२०७६ पुस ११ शुक्रवार

321 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

११ पुष, काठमाण्डौं । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायका साथ सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ ।

यसै क्रममा बैंकले यहि पौष ९ मा ताप्लेजुङ स्थित फुङलिङमा १२९ औं शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित उद्घाटन समारोहमा फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा मेयर प्याकुरेलले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनुका निमित्त बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताएका थिए भने प्रमुख जिल्ला अधिकारी निरौलाले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आर्थिक विकासलाई अझै प्रभावकारी बनाउन आगामी दिनमा पनि यस क्षेत्रमा  बढी लगानी गर्नुपर्ने आवश्यता रहेकोे बताए ।

हालसम्म सन्राइज बैंकले १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताएका छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

वि.सं.२०७६ पुस ११ शुक्रवार १४:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

प्रभु बैंक र नेपाल यातायातबीच डिजिटल भुक्तानी प्रणालीमा सहकार्य

प्रभु बैंक र नेपाल यातायातबीच डिजिटल भुक्तानी प्रणालीमा सहकार्य

पोखरा । प्रभु बैंक लि. र एवन ग्रेटर नेपाल यातायात...

सिटिजन्स बैंकका ग्राहकहरूलाई हिमाल हस्पिटलमा विशेष छुट  

सिटिजन्स बैंकका ग्राहकहरूलाई हिमाल हस्पिटलमा विशेष छुट  

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले काठमाडाकौं ज्ञानेश्वरमा रहेको...

कम ब्याजदरमा एनएमबि बैंकको इभी अटो लोन

कम ब्याजदरमा एनएमबि बैंकको इभी अटो लोन

काठमाडौं । एनएमबि बैंकले इभी अटो लोन कम ब्याजदरमा उपलब्ध...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

सिटिजन्स बैंकद्वारा घर कर्र्जा योजना सार्वजनिक

सिटिजन्स बैंकद्वारा घर कर्र्जा योजना सार्वजनिक

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घर कर्र्जा योजना...