back

कलाकार धुर्मुस-सुन्तलीलाई नेकपाका अध्यक्ष प्रचण्डको साथ

वि.सं.२०७६ पुस ११ शुक्रवार

399 

shares

११ पुष, चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रंगशाला निर्माणमा कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमीरे (सुन्तली) लाई सहयोग गर्ने बताएका छन् ।

चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको शुक्रबार अवलोकन गर्ने क्रममा अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रङ्गशाला निर्माणमा सहयोग गर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, -रङ्गशालाको कामले गति लिएकामा उत्साहित भएको छु, समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस्, हामी तापाईंकै साथमा छौँ ।” उनले रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएको भन्दै सफल बनाउन सबै देशवासी लाग्नुपर्ने समेत बताए ।
रङ्गशालाको निर्माणको गतिले तीव्रता पाएकामा आफू खुशी भएको बताउँदै अध्यक्ष प्रचण्डले सबै जिल्लामा सहयोग समिति गठन गरेर रङ्गशाला निर्माणमा सहयोग जुटाउन समेत गर्दै चितवनवासीलाई मन फुकाएर सहयोग गर्न समेत आव्हान गरेका थिए ।

उक्त अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणमा भएको प्रगति र गुरुयोजनाबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायत पनि उपस्थित रहेको थियो ।

वि.सं.२०७६ पुस ११ शुक्रवार १७:१६ मा प्रकाशित

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

नारायणगढ (चितवन) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसङघद्वारा निन्दा

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसङघद्वारा निन्दा

काबुल । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले इस्लामिक स्टेट (आइएस) समूहले...

पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

दमौली (तनहुँ) । पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा...

एनपिएलः सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित

एनपिएलः सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले...

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

काठमाडौँ । काठमाडौँको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त बनेको ‘कलभर्ट’...

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी

अमरगढी (डडेल्धुरा) । जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण...