१२ पुष, काठमाण्डौं । नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द हुने भएको छ ।
गत २७ मंसिरदेखि ११ पुस सम्मका लागि बन्द गरिएको सडक पुष १२ गतेदेखि पुन ः दैनिक पाँच घण्टाका लागि बन्द गरिने बताइएको छ ।
आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी शिव खनालका अनुसार बिहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिनेछ ।
नारायणगढ–मुग्लिङ सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गर्नुपर्ने भएकोले २२ पुषसम्म दैनिक ११ देखि ३ बजेसम्म सडक बन्द गरेर काम गर्नुपर्ने भएको हो ।
इन्जिनियर खनालका अनुसार सडकखण्डको गाईघाट, १८ किलो, घुमाउने, भालुढुंगा, जलविरे, चारकिलो, टोपेखोला र कालिखोला क्षेत्रमा पहिरो रोकथामका लागि काम हुँदैछ ।
वि.सं.२०७६ पुस १२ शनिवार ०८:५७ मा प्रकाशित