back

पर्वत वेलफेयर सोसाइटी युकेद्धारा १८ दृष्टिविहिन बालबालिकालाई छात्रवृत्ति प्रदान

वि.सं.२०७६ पुस १२ शनिवार

324 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१२ पुष, पर्वत । पर्वत वेलफेयर सोसाइटी युकेले १८ जना दृष्टिविहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

पर्वतको कुश्मामा रहेको शिवालय माविमा संचालित जिल्लाकै एकमात्र दृष्टिविहिन श्रोत कक्षाका विद्यार्थीलाई उक्त छात्रवृत्ति वितरण गरिएको हो ।

सोसाइटीले दृष्टिविहिन बालबालिकालाई अध्ययनमा सहयोग गर्ने उद्धेश्यले २०७३ सालमा स्थापना गरेको १० लाख बराबरको अक्षयकोषबाट उक्त छात्रवृत्ति रकम प्रदान गरिएको बताईएको छ ।


उक्त अक्षकोषको सोसाईटीका अध्यक्ष नेत्र आले, पर्वत वेलफेयर सोसाईटी यूकेका उपाध्याक्ष विनोद पुरी, पर्वत वेलफेयर सोसाईटी यूकेका महासचिव भरत पौडेल, पर्वत वेलफेयर सोसाईटी यूकेका निवर्तमान अध्यक्ष दधि आचार्य, पर्वत वेलफेयर सोसाईटी यूकेका सल्लाहकार एवम् अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, पर्वत वेलफेयर सोसाईटी यूकेका सल्लाहकार एवम् कोलबर्न टाउन यूकेका मेयर डाक्टर जगनाथ शर्मा, पर्वत वेलफेयर सोसाईटी यूकेका सल्लाहकार मिठुलाल विश्वकर्मा र पर्वत वेलफेयर सोसाईटी यूकेका सल्लाहकार एवम् पूर्व अध्यक्ष नरजंग गुरुङको सक्रियतामा स्थापना गरिएको बताइएको छ ।


सोसाइटीले विद्यालयमा स्थापना गरिएको अक्षयकोषवाट १८ जना दृष्टिविहिन विद्यार्थीलाई नगद ५ हजारका दरले रकम वितरण गरिएको विद्यालयले जानकारी दिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरी, कुश्मा नगरपालिकाका नगर शिक्षा शाखा अधिकृत दिपक सुवेदी, शिवालय माविका प्रधानाध्यापक भुपेन्द्र चापागाई र पत्रकारहरुको रोहवरमा उक्त रकम रकम वितरण गरिएको विद्यालयका शिक्षक ढाकाराम पुरीले जानकारी दिएका छन् ।


रकम प्राप्त गरेपछि छात्रवासमा अध्ययनरत विद्यार्थीले आर्थिक अभावका कारण पढाईमा समस्या भएको बेला छात्रवृत्ति स्वरुप रकम पाउँदा खुशी लागेको पुरीले बताए ।

‘प्रवासमा बसेर पनि हाम्रो समस्यालाइ नजिकवाट नियाल्नु भएका पर्वत वेलफेयर सोसाईटी यूके परिवारलाई धन्यवाद ।’ छात्रवासमा रहेर अध्ययन गरिरहेकी विद्यार्थी हेमकुमारी माझीले खुसी व्यक्त गर्दै भनिन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले विद्यार्थीलाई रकम वितरण गर्दै समस्यामा परेका दष्टिविहिन विद्यार्थीलाई प्रवासमा भएका पर्वतेहरुको सहयोगले राहात मिलेको बताए । गिरीले दाताहरुको सहयोगमा दृष्टिविहिन श्रोत कक्षा संचालन गरेको बताउँदै अक्षकोषलाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने समेत बताए ।

शिवालय माविका शिक्षक राजेन्द्र पहाडीले संचालन गरेको उक्त कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा शाखा अधिकृत दिपक सुवेदी लगायतले बोलेका थिए ।

अक्षकोषका बारेमा जानकारी दिँदै सोसाईटीका अध्यक्ष नेत्र आलेले दृष्टिविहिन वालवालिकालाई अध्ययनमा सहयोग पु¥याउन अक्षकोष स्थापना गरिएको बताए । आलेले रकम सानो भएपनि विद्यार्थीको दिर्घकालिन समस्यालाई न्यूनीकरण गर्न यूकेमा बसोवास गदै आएका पर्वतेहरुको सहयोगमा उक्त अक्षकोष स्थापना गरिएको बताए ।

पर्वत वेलफेयर सोसाईटी यूके विशु्द्ध सामजिक संस्था भएको बताउँदै समस्यामा परेका नागरिकहरुलाइ सहयोग गर्ने र जिल्लाका अन्य विद्यालयमा पनि अक्षकोष स्थापना गर्ने योजना सोसाइटीले बनाईरहेको पनि आलेले उक्त अवसरमा जानकारी दिए ।

वि.सं.२०७६ पुस १२ शनिवार १०:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

रसुवागढी नाकाबाट विदेशी मुद्रासहित एकजना पक्राउ

रसुवागढी नाकाबाट विदेशी मुद्रासहित एकजना पक्राउ

रसुवा । गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ...

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा एक मजदुरको मृत्यु, एकजना घाइते

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा एक मजदुरको मृत्यु, एकजना घाइते

हेटौँडा । मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने...

विमान दुर्घटनामा मृत्यु भएकाको शव परीक्षण सुरू, पोखराबाट पनि चिकित्शक बोलाइयो

विमान दुर्घटनामा मृत्यु भएकाको शव परीक्षण सुरू, पोखराबाट पनि चिकित्शक बोलाइयो

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनामा परी निधन भएकाको शव परीक्षण...

विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन

विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौँ । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ...

कार्यालय परिसरमै नकुहिने फोहर व्यवस्थापन गर्दै नगरपालिका

कार्यालय परिसरमै नकुहिने फोहर व्यवस्थापन गर्दै नगरपालिका

डुम्रे (तनहुँ) । तनहुँको व्यास नगरपालिकाले जग्गा व्यवस्थापन नहुँदासम्म नकुहिने...