back

कविता : दोधारे मनस्थिति

वि.सं.२०७६ पुस १२ शनिवार

252 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

लेख्ने हात डराउँदा थरथरी लेखौं नलेखौं भयो ।
देख्ने शक्ति लुकाउँदा नजरले देखौं नदेखौं भयो ।
तिम्रो याद सजाउँदा हृदयमा फूलौं नफूलौं भयो ।
बोल्ने वाक्य हराउँदा मनमनै बोलौं नबोलौं भयो ।१।

।।?।।

आस्था भाव बिराउँदा मनुजमा सोधौं नसोधौं भयो ।
श्रद्धा भक्ति भुलाउँदा भुवनमा पूजौं नपूजौं भयो ।
मीठा शब्द गुमाउँदा बिरसिलो छोडौं नछोडौं भयो ।
तिम्रो प्रेम पलाउँदा मखमली रोपौं नरोपौं भयो ।२।

।।?।।

पैसा न्यून कमाउँदा सुखहरू रोजौं नरोजौं भयो ।
आत्मा ज्ञान दबाउँदा मगजले सोचौं नसोचौं भयो ।
भाषा आज बिलाउँदा अवनिमा साँचौं नसाँचौं भयो ।
व्यर्थै चित्त डुलाउँदा प्रियतमा हाँसौं नहासौं भयो ।३।

।।?।।

इच्छा तीव्र जगाउँदा मधुरिमा राखौं नराखौं भयो ।
ईष्र्या नष्ट बनाउँदा अगतिलो चाखौं नचाखौं भयो ।
विद्या ध्यान सिकाउँदा गुणहरू बाँडौं नबाँडौं भयो ।
साथी मित्र रिसाउँदा सँगसँगै नाँचौं ननाँचौ भयो ।४।

।।?।।

सत्ता लिप्त रमाउँदा शहरमा हेरौं नहेरौं भयो ।
एक्लै व्यर्थ कराउँदा सकस भो टेरौं नटेरौ भयो ।
राम्रो कार्य गराउँदा गहकिलो रोजौं नरोजौं भयो ।
सीमा वार लगाउँदा दशगजा खोजौं नखोजौं भयो ।५।

।।?।।

छन्द स् शार्दुलविक्रीडित

वि.सं.२०७६ पुस १२ शनिवार १०:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
तीनसय चारमध्ये मदन पुरस्कारका लागि  छानिय यी पाँच कृति

तीनसय चारमध्ये मदन पुरस्कारका लागि छानिय यी पाँच कृति

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि...

लघुकथा : तरकारीको स्वाद

लघुकथा : तरकारीको स्वाद

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ’तिमीले पकाएको तरकारीको स्वाद किन यत्ति...

लघुकथाः अपकृत

लघुकथाः अपकृत

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर पितृलोकमा मातृपितृ आत्माहरू उत्साहमा...

कविता : जीवन बुझ्नै गाह्रो छ

कविता : जीवन बुझ्नै गाह्रो छ

विदुर अधिकारी, रामपुर, चितवन शान्ति धरामा, भाग्दै छ क्रोध असाध्यै,...

मु्क्तक

मु्क्तक

बाबुराम न्यौपाने 'उत्स'दमक, झापा १. लेखक साहित्यकार नत कार्यकर्ता नत...

सुसेली

सुसेली

उत्तम शर्मा 'दर्शन' पाँचखाल, काभ्रे १ युवा जोसमा गरौं काम...